Tuesday, August 25, 2009

नेपालको हत्यामा संलग्न दुई शरणार्थी पक्राउ

झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिविरका शरणार्थी शान्तिराम नेपालको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले भारत आसाम घर बताउने हारा नजारी र बेलडागीँ भुटानी शरणार्थी शिविरका धनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।गत बैशाख महिनामा नेपाललाई आफ्नै छाप्रोमा बसेको बेला अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । हत्याको केही समयपछि लिबरेशन आर्मी अफ भुटान नाम गरेको एउटा संगठनले हत्याको जिम्मा लिएको थियो । तर पक्राउ परेका दुबैजनाको विषयमा प्रहरीले थप केही खुलाएको छैन् ।
दुबैलाई थप अनुसन्धानको लागि चन्द्रगडी झापा आज मंग्लाबार पठाईसकेको इलाका प्रहरी कर्यलयाले जानकारी दिएको छ ।

No comments:

Post a Comment