Tuesday, August 25, 2009

नक्कली नोटको कारोवार गर्ने पक्राउ




नेपालमा नक्कली नोटको कारोवार गर्ने एक गिरोहलाई हतियार सहित इलाका प्रहरी कर्यालय दमकले पक्राउ गरी मगंलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. - ३ घर वताउने विवेक लिम्वु र भूटानी शरणार्थी शिविर वेलडाँगी एक-सेक्टर ए १, छाप्रा नम्बर ८२ का प्रेम विष्ट रहेका छन् ।
प्रहरीले दमकको चोकवाट सोमबार राती पक्राउ गरी उनीहरुको साथवाट एक थान कटुवा पेस्तोल, तीनथान गोली, एक हजार दरका नेपाली नक्कली नोट पाँच थान सहित, एक थान खुकुरी र नाइनचक्कु लगायत पेस्तोल बनाउन प्रयोग गरिनॆ फलामको गोला, पाइप पाँच थान समेत वरामद गरेको इप्रका दमकले जानकारी दिएको छ ।
उनीहरु झापाको वुट्टाबारीमा नक्कली नोट सम्वन्धी कारोवार गरेर दमकको एक होटलमा खानपिन गरी वसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले प्रहरीलाई दिएको वयान अनुसार सो रात वुट्टावारीमा दशलाख वरावरको नक्कली नोट लिन भनि दमकवाट वा ७ च १८४५ नम्बरको कारमा गएको तर कारणवस सो काम पूरा हुन नपाएपछि दमक आइ आराम गरेकॊ वताएका छन् । उनीहरुले नेपाली १५ सयमा दमकका चन्द्र थापाको कार भाडामा लिई कारोबारको लागि बुट्टाबारी गएको वताएका छन् ।

भाडामा प्रयोग गरेको कारलाई पनि प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिहेको छ । सो कामका मुख्य नाइके दमकमा वसोवास गर्ने अशोक राई र वुद्धी केरुङ भने फरार रहेका प्रहरीले जानकारी दिएको छ । सो समूहले यस्ता नक्कली नोट भारतको सिलगुडीमा छाप्ने र नेपालका विभिन्न वजारमा फिँजाउने गरेको वताएका छन् । हेर्दा सक्कली जस्तै देखिने यस्ता नोट उनीहरुले व्यस्त भिडभाड हुने वजार र पसलमा साँझपख केही सामान किन्ने र सक्कली नोट फिर्ता लिएर जाने गरेको बताएका छन् । सो समुहले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा यस्ता नक्कली नोटको कारोवार गर्ने गरेको जनाएका छन् ।
त्यसवाहेक नेपालका विभिन्न व्यवसायीलाई हतियार देखाएर रकम उठाउने, लुट्ने, ज्यान मार्ने सम्मको अपराधिक काम गर्ने गरेको प्रहरीले जनाएको छ ।
त्यतिमात्र नभएर यसरी अपराधिक समुहवाट वरामद गरिएको हतियार पेस्तोल समेत वेलडाँगी शिविरमा नै निर्माण गरिएको उनीहरुले वताए । त्यसवाहेक विभिन्न खालका हतियार शिविरमा नै वन्ने गरेको रहस्यसमेत सार्वजनिक भएको छ । टयाक्टरमा प्रयोग हुने फलामको पाईप हतियार वनाउन लान तयार पारिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सोही कारोवारमा सम्लंग्न रहेको आरोपमा अन्य आठजनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ । शरणार्थी शिविरमा सुरक्षा कडा पारिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नजिकिदो चाडर्पवसँगै नक्कली नोट पनि भित्रने खतरा वढेको छ ।

No comments:

Post a Comment