Saturday, August 15, 2009

थुनिएको पानि खोलियो


शुत्रबार अविरल परेको पानीका कारण चुलाचुलीको सुनदुवा खोलालाई पहिरोले थुने पछि इलामको चुलाचुली गाविस लागयत दमक नगरपालिका १२१११२१३ र भूटानी शरणार्थी शिविर बेलडागी-१ उच्च खतरामा परेपछि काठमाण्डौको जल उत्पन्न नियान्त्रण कार्यलयबाट आएको प्राविधिक टोलीले खोलालाई खोलेपछि संभावित खतरा हटेको छ । टोलीमा हिरा नन्द झा भु-गर्भ विद बसिष्ट कमलदेब सुवेदी लगायत प्रमुख झापा जिल्ला अधिकारी नरेन्द्र दहाल पनि घटना स्थलमा पुग्नु भएको थियो ।हिजो बाँझो २ र चुलाचुली ९ को सिमानामा पर्ने चुलीमा पहिरो गई खोला थुनिएपछि झापाको दमक स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर दमक १ २ र १२ नम्वर वडाका सयौं घर डुबानको खतरामा परेका थिए । यसै गरि बाँझो २ र चुलाचुली ९ पनि डुब्ने संभावना थियो । झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले प्राविधिकहरुको टोली काठमाण्डौबाट आएपछि अपरान्ह २ बजे थुनिएको स्थानको माटो हटाइएको बताउनु भयो । संभावित खतराबाट जोगाउन प्रशासनले हिजोबाटै संचारमाध्यमबाट सूचना जारी गरि स्थानियवासीहरुलाई सतर्क रहन आग्रह गरेको थियो । त्यस विषयमा हिजो राती झापाको दमकमा सर्वपक्षिय बैठक समेत भएको थियो भने शरणार्थी शिविरमा पनि क्याम्प ब्यवस्थापन समिती सशस्त्र प्रहरी बल बालमाच लगायत विद्यलयहरुले शरणार्थीहरुमाझ खोला नजिक नरहिदिनु भन्ने बारेमा माइकिङ्ग गरि सजक पारेको क्याक्प सचिब टि।बि।गुरुङले बताउनु भयो ।खोला थुनिएपछि ४० लाख क्युफिट पानी जमेको प्रविधिक टोलीका प्रतिनिधि सुवेदीले जनाउनु भयो । प्रजिअ दहालले पानी तर्काउने काम पुरा भएपछि खतरा टरेको जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment