Monday, August 17, 2009

सिद्धार्थमा तोडफोड


झापाको दमकामा अवस्थित सिद्धार्थ उच्च माध्यामिक बिधालयमा शिक्षकले विद्यार्थीलाई कुट पिट गरेको भन्दै आक्रोसित भएका विद्यार्थीहरुको तोडफोडबाट बिद्यालयमा १० लाख बराबरको क्ष्यति भएको छ । झापाको दमक-१२ मा अवस्थित सो उच्च माविमा सोमबार पठपाठन भइरहेको समयमा कक्षा १२ को ब्यवस्थापन संकाय अध्ययनरत बिद्यार्थी श्याम चौलागाईलाई अनावश्यक गालि गर्दै स्कुलका प्रोपाईटर तेज कुमार श्रेष्ठले कुटपीट गरेको भन्दै आक्रोसमा आएका विद्यार्थीले विद्यालय भवनहरुमा गरेको तोडफोड बाट सो क्ष्यति भएको हो । बिद्यार्थीअरुको तोडफोडबाट स्कुलको प्रत्येक कोडामा हालै मात्र जडीत कुल ४ लाख बराबरको ३२ थान सि-सि क्यामरा ध्वस्त भएको स्कुलका संचालिका माजु श्रेष्ठले जानकारी दिनु भएको छ । संचालिका श्रेष्ठका अनुसार विद्यालय भवनका सबै कोठामा रहेको पंखा कालो पाटी बत्ति तथा बेन्चहहरु समेतमा क्ष्यति पुगको छ । भने स्कुलले संचालन गर्दै आएको तीन वटा स्कुलबसहरुमा समेतमा समेत क्ष्यति पुगेको छ ।



घटना लगतै बसेको स्कुलको संाचालक समितिको बैठकले स्कुलमा थप क्ष्यति हुन नदिने उदेश्यका साथ घटनाको बिषयलाई लिएर कसैलाई पनि कारवाही नगर्ने तर आगामि दिनहरुमा स्कुलले बनाएको नियममा बस्न नसक्नेहरलाई आफुहरु कारवाही गर्न तयारीमा रहेको निर्णय गरेको स्कुलमा संाचालक श्रेष्ठले जानकारी दिनु भएको छ ।स्कुलको निर्णय लगतै पुन विद्यार्थीहरुले असन्तुटी जनाएको छ ।


केही विद्यार्थीहरुले आफुहरु माथि स्कुलले अनावश्यक रुपमा दमन गर्न खोजेको कुरालाई लुकाएर स्कुल चोखो बन्न खोजीरहेकोले आफुहरु स्कुलको निर्णय प्रति असन्तुष्ट रहेको नाम नखुलाउने सर्तमा सोही बिद्यालयका एक समुह बिद्यार्थीहरुले जानकारी गराएका छन् । भने शिक्षक तथा संाचालक श्रेष्ठले स्कुलको नियम विपरित अवस्थामा भेटेको कारण आफुले सामान्य सजक गराउने प्रयास मात्र गरेको जनाउनु भएको छ ।शिक्षकले अनावश्यक रुपमा बिद्यार्थीलाई्र कुटपिट गरेकोका भन्दै शिक्षक लाई कारवाहीको माग गर्दै नारावाजी गरिरहेका बिद्यार्थीहरुको आक्रोसित भिडलाई नियन्त्रण गर्न स्थानि जनपथ प्रहरी र ससशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो । बिद्यार्थीहरुल स्कुलको प्राङ्गणमा शिक्षक श्रेष्ठको पुत्ला समेत दहन गरेको थियो ।

No comments:

Post a Comment