जीवनको परिभाषा भन्नु नै दुःख हो । हरेक दुःखबाट नयाँ जीवनको सुरुवात हुन्छ । जीवन भोगाइहरुको विचबाट निस्किने एक अनुभव हो । जीवनको विस्तृत रुपमा कसैले पनि परिभाषा गरेका छैनन् तर एक भरियालाई जीवन के हो भनि प्रश्न गर् यो भने उसले ूमेरो बाटेको नाम्लो हो निेू उत्तर दिन्छ । जीवनलाई प्रश्नहरुको चित्रमा सजाउने हो भने उत्तरहरु एक से एक आउँछन्् । यधपि जीवनमा प्रयोग हुने हिसाबहरुः किन कहिले कहाँ कसरी के लाई मानब जीवनले सृष्टि देखिनै प्रयोगात्म रुप दिदै आइरहेको कथा छ ।
जीवनलाई कसैले दुःखै-दुःखको संयोग भन्ने गरेका छन भने धेरै सुखमा मातिएकाले जीवन सुख हो भनि प्रतियोगितामा जित हातपर्ने गरेको देखीएको छ । जीवन खोज साधान र भावहरुको अर्को एक नमुना हो । हामी विचार गरौं कि साधु सन्तहरुको ध्यानतपस्याबाट निस्कीने एक विचार जीवन दर्शन बन्छ ।
यो जीवन कर्कलाको पताको पानी जस्तै हो । टिलपिल-टिलपिल हँुदै पातबाट जमिनमा खसि मटिमा मिलावट हुन्छ अनि नयाँ जिवनको पूर्नः रुपाँकन सुरु हुन थाल्दछ । मानव जीवन भनेको सर्वश्रेष्ठ प्राणी को रुपमा चिनिदै विकाशको हरेक कार्यमा अगाडि देखिन्छ । इतिहासले धेरै ठूला-ठूला विद्धानहरुको जन्म गराई यो संसारलाई नयाँ अभिभावकको रुपमा जिम्मा दिएको छ ।
यूग २१औं शताब्दिमा हििडंसकेकाले समाज र राष्ट्रमा बस्ने मानबले आफनो पन र मनको लागिमात्र
काम गर्ने र अन्यलाई तिरस्कार गर्नाले हिसाँ दुब्र्यबहार द्धन्द्धको उत्पन्न हुने गर्दछ।
यिनै हिसाँ दुब्र्यबहार र द्धन्द्धले मानबको मन मष्तिकत्वमा त्रास फैलाउदछ । हामीले जिएको जीवन भनेको हरेक त्रास भयसंग जोडिएको हुन्छ । समाजमा कसैले नयाँ कुरा गर् यो भने कसरी यस्तो मान्छे बन्ने भन्ने बारेमा हरपल हाम्रो मनमा जिज्ञासा फैलिरहन्छ ।
प्रसंगलाई बदलौं । हिजोको हाम्रो समाजभन्दा आजको दिन-दिनै त्रासमय भन्दै गएको छ । कारण भने चाहि शिविरका अधिकाङश युवाहरु वेरोजगारी भएकाले पनि हो । शरणार्थी शरोकारवालाले हरेक समय अनुसार शिपमुलक शिप सिकाए पनि उनिहरुमा नयाँ परिवर्तनको सोच कहिल्यै विकास हुन सकेन फलस्वरुप यसको नकरात्मक असरहरु समस्याको रुपमा उभिएर शिविरमा एकलौटी हिडिरहेको देखिन्छ । अर्को कारण स्वादेश फिर्तीको नाममा तेस्रो खण्ड शरणार्थी शिविरमा भित्रिएपछिको हो । सबको मन एक-एक परिर्वतन भएपछिको निराश्यताको कारण पनि हो । त्यसैले हामी युवाले हाम्रो समाजका लागि जहिले पनि सकारत्मक सोच राखि नकारात्मक सोच भएका युवालाई परिवर्तन मा ल्याउनु युवा माचको उद्देश्य हो ।
प्रत्येक यूवा वर्गमा विचारको धार फरक-फरक हुन्छ तर हामी इतिहासदेखि नै पिडीत भएकालॆ न त हामीले आफ्नो देश देख्न पायौ न त हामीले कुनै नयाँ काम नै गर्न सक्यौ । हामी रहेको देशमा हामीले हातमा हात काध-काधमा मिलाई समाजमा दिन-प्रतिदिन घट्ने हिसांलाई अन्त्य गरि हिसां रहित समाज निमार्णमा सबै जुटेमा सकारात्मक पक्षको मत बलियो हुनेथियो । त्यसैले हाम्रो समाजमा घट्ने हिसांहरु प्रति औलाउनु भन्दापनि त्यसलाई जरैदेखि फाल्नु उचित छ । हामीले गरेको दैनिक कार्यहरु वर्तमानका लागिमात्र नभएर भविष्यकालागि पनि गुणात्म हुने भएकाले बेलै देखि जोड गुना भागा र जीवन समाप्तसम्म हुने हिसाबलाई समाजमा उदारहणाको अभियान देखाइ सबैको मायालु बन्नुमा धन्य हुने छ । त्यसैले नराम्रो कुलतबाट तपाई आफ्रै निस्किनुहोस् अनि नयाँ जीवनको मार्गमा हामीलाई सहयोग गनुहोस् । एउट भनाइ नै छ डा। योगिविकाशनन्दको ूसंसार बदल्नु छ सुरु आफैबाट गर्नु छू। हो यो भनाइलाई सार्थकता दिने हो भनि हाम्रो समाज हामीबाटै परिर्वतन हुन्छ ।
हामी भन्नाले युवामाच । जहाँ तँपाई- हाम्रो जीवनलाई कुनैपनि रोग हिसां दुब्र्यवहार तिरस्कार अपराधिक कार्य करणी आदि नलागोस नपरोस् भनि अहोरात्ररुपमा जनचेतनामूलक अभियानमार्फत के यूवा के शरणार्थी प्रभावित क्षेत्र लगायत के शरणार्थी सबैलाई चेतना दिदैं समाजमा माया बटुलिरहेको छ । फेरि युवामाच भन्नाले सबै थोक चाँहि होइन जीवनमा तर पनि हाम्रो हिडाइको दोस्रो खुट्किलो हो जहाँ हामी राम्रो र नराम्रो कार्यको सहि चिन्ह लगाउन सक्षम बन्दछौ ।
समग्रमा युवामाच हामीलाई सकरात्क सोंच दिनको लागि अहोरात्र लागि परेको छ । यसको अभियानले हाम्रो जीवनलाई
सार्थक तुल्याउने अनगिन्ति कार्यक्रमहरु ल्याएको छ । हामी युवाहरु भनेको भोलिका कर्णधार हौं । यति सुन्दर जीवन फेरिफेरि पाइदैन । यसलाई हामीले उपलब्धीमुलक वनाउन आवश्यक छ । जीवन सुरक्षित रहें संभावनाहरु त एकदिन न एकदिन त अवश्य आउँछन नै । हामीले हरेश खाएर जीवनलाई कुलतमा लगाउनु हुँदैन । जसरी हिउँदमा रुखका सवै पातहरु झरेर प्रकृति उजाड वन्दछ । फेरि बसन्त ऋतुमा नयाँ पालुवाकासाथ प्रकृति हराभरा भएर आउँछ । जीवन पनि त्यसतै हो । समस्या आयो भनेर हामीले डराउनु हुन्न । हरेस खानु हुन्न । कारण समस्यासँगै संभावना पनि आउछ तर धैर्य गर्नु पर्दछ । जीवन मुख्य कुरो हो । जीवन रहे वाँकी सवै कुरा विस्तारै उपलब्ध हुनसक्छ । अतः यति सुन्दर जीवनलाई कुलतमा लगाएर वर्वाद नपारौं ।
No comments:
Post a Comment