
झापा र मोरङका ७ वटै भुटानी शरणार्थी शिविरका सचिवहरुले शरणार्थीहरु पुनस्थापना गरिएका मुलुक घुम्न पाँउ भनिदिएको निबेदनप्रति आत्मआलोचना गरेका छन् ।गएको भदौ २ मा सचिवहरुले संयुक्त रुपमा अन्तराष्ट्रिय आप्रबास संगठन र संयुक्त राष्ट्र संघिय शरणार्थी आयोगमा पुनस्थापना गरिएका ७ वटै मुलुक घुम्न पाँउ भनि दिबेदन दिएका थिए । भुटानमा संघर्षरत बिभिन्न संगठनले त्यसको बिरोध र आलोचना गरेपछि साता दिनपछि सचिवहरुले गल्ती भएको स्वीकार्दै स्वदेश फिर्तीको पक्षमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । आज सचिवहरुले संयुक्त बिज्ञप्ती मार्फत आफुहरुले पुनर्बास भएका भुटानीहरुको अवस्था बुझ्नका लागि निबेदन दिएको स्पष्ट पारेका छन् ।
पहिलेको विज्ञप्ति

No comments:
Post a Comment