Sunday, August 23, 2009

यसपालीको तीज खल्लो


"आज दिनभर रातो पहिरनमा सजिएर दिदीवहिनीहरूले नाच्दै, गाउँदै रमाइलो गरि तीज मनाए, रेडियोमा पनि तीजको गीत मात्र बजिरह्यो । वातावरण नै रमाइलो भए पनि मेरो मनमा भने कुनै पनि खुशी छाउन सकेन" भन्दै हातमा मोबाइल बोकेर भाइको आवाज सुन्नका लागि नेटवर्कको खोजीमा घरको आfगनमा यताउता गरिरहिन् भूटानी चेली देवीका कार्की ।

भाइले अमेरीकाबाट २ बजे फोन गर्छु भनेकाले नेटर्वक खोज्दै आँखाभरि आँसु बोकी घरवरिपरि हिँडिरहेकी थिन् उनी । उनलाई त कमसेकम भाइले फोन गर्छु भनेकाले मनमा केहि शान्ति मिलेको अभास त भएको थियो तर अधिकाँश शरणार्थी महिलाहरु यसपालीको तीजलाई वेवास्ता गर्न बाध्य बनेका थिए ।

अघिल्ला बर्षहरूको तीजमा त जति नै दुःख आएपनि शरणार्थी महिलाहरुले दुई दिनसम्म भोकै बसेर आफ्नो लोग्नेको दीर्घायुको कामना गर्थे तर हिजोआज उनीहरुको मनमा न त शान्ति नै छाएको छ न त तीज मनाउने नै मन छ ।

शरणार्थी शिविर जहाँ बर्षेनी महिला दिदीबहिनीहरुको मन, शौभाग्य र साडीपोते जलेको छ, जहाँ आफ्नो भन्नेहरु पनि पूर्नवाशमा हिँडिसकेका छन्, रहनेका लागि के को चार्डपर्व भन्दै आँखाभरि आँसु बनाउदै अर्की भूटानी चेली रन माया राई काखमा बचो चोप्दै घरभित्र पसिन् ।

शिविर बाहिरका चेलीले राताराता साडीचोली लगाई नजिकै रहेको फोटो स्टूडियॊमा फोटो खिचाउन लाम लागेका थिए । ती मध्ये एक समाजसेवी चेली सुकमाया तामाङ्ग यसो भन्छिन् - "अरुबेला त शरणार्थी दिदीवहिनीहरुसँग गित गाएर तीज मनाइन्थ्यो तर आजकल त उनीहरु पनि अमेरिका गएछन्, धेरै सुन्ये भएको छ ।" एकपछि अर्को गरेर मैले प्रश्न गरें शरणार्थी प्रभावित क्षेत्रका दिदीबहिनीहरुसँग तर सवैको एउटै उत्तर थियो ।

अलिक पर एउटा इन्टरनेट फोनमा शरणार्थी दिदीहरुको लाम लागेको देखें उनीहरु मेरो नम्बर डायल गर्दिनु न भन्दै अगाडि बढिरहेका थिए । त्यतिकै बेला बेलाडागी-१ सेक्टर सी बस्ने दिलमाया सुब्बा दिदीको अमेरिकामा फोन लाग्यो । दिदी शिविरमा मेरो भन्ने कोहि पनि छैन, मलाई कहिले यो संस्थाले तिमीहरुसँग भेट गराउँछ भन्दै रुनाथालेपछि नेटवर्कको गडबडिले गर्दा कुरो बुझिएन भाइ भन्दै पुनस् नम्बर डायल गर्दिन आग्रह गरिन् ।

आधा घण्टासम्म पनि फोन नलागेपछि दिदी छोरो डोर्याउँदै छाप्रातर्फ लाग्नु भयो । त्यतिकै बेला भूटानी शरणार्थी महिला मञ्चकी कार्यक्रम संयोजक रनमाया चम्लागाई बजारदेखि मोइबाइल चार्ज गरि घर जाँदै गरेको भेटाएँ । चम्लागाई दिदीका अनुसार भूटानी महिलाहरुको आफ्नो माइती-घर परिवार पूर्नवास गएकाले कसैले पनि तीज मनाएनन् होला भन्छिन् ।

जब म लगायत स्थानिय पत्रकारहरु ऋचा साइबरमा प्रबेश गर्यौ हामीले विभिन्न वेवसाइटहरु खोज गर्यौ । तर कुनै पनि साइटमा भूटानी महिलाहरुको तीज कार्यक्रम विशेष समाचार भेटिएन । त्यतिकै बेला अमेरीकाबाट एक भूटानी पत्रकार टिपि मिश्रले आफ्नो वेवसाइटमा लेखेछन् पूर्नवासमा गएका भूटानीले अमेरिकाको न्यूर्वकमा तीज नाची-नाची मनाए भनेर फोटोसहित राखेछन् ।
पुनर्वास भएर अमेरिकाको न्यूयोर्क शहर पुगेका भुटानी शरणार्थी महिलाहरु तीज मनाउँदै ।

अबको तीज लगायत अन्य चार्डपर्व कार्यक्रमहरु शरणार्थीले अमेरिका लगायत विभिन्न राज्यहरुमा मनाउने रहेछन् र आफ्नो भूटानी इतिहास विश्वाभरि नै फैलाई विश्वमा इतिहास कायम गरुन् भन्ने हाम्रो पनि कामना छ । जय तीज…………।

No comments:

Post a Comment