Sunday, August 2, 2009

विमानस्थलबाट गजमेर गिरफ्तार

आहुरा भुटानका प्रमुख संयोजक रतन गजमेरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत शुक्रबार गिरफ्तार गरिएको छ । उनलाई एउटा कार्यक्रममा सहभागी हुने क्रममा नेपाल प्रवेश गर्न लाग्दा यसरी विमानस्थलबाटै गिरफ्तार गरिएको हो । उनलाई विमानस्थलमै राखिएको बुझिएको छ ।
समाचार सुत्रका अनुसार उनी विमानस्थलमै भिसा लिने योजनामा नेपाल आएका थिए तर अध्यागमन अधिकारीहरुका अनुसार उनको नेपाल आगमन गैरकानुनी भएकोले भिसा नदिइ गिरफ्तार गरिएको हो ।

अध्यागमनका एक अधिकारीका अनुसार नेपालमा विमानस्थलमै भिसा या अध्यागमन कागजात (Travel Document) दिने कानुनी व्यवस्था छैन । उनका अनुसार गजमेरले नेपालका अधिकारीहरुलाई पहिले नै जानकारी गराएको भए या अष्ट्रेलियास्थित नेपाली दुतावासबाट भिसा लिएको भए उनी पक्राउ पर्ने थिएनन् । यदि उनले पूर्व जानकारी दिएको भए एउटा सम्मानित व्यक्तिको हैसियतमा सरकारले उनको लागि आवश्यक व्यवस्था मिलाउन सक्ने थियो ।
अध्यागमन अधिकारीहरुले उनी राखिएको स्थानको बारेमा जानकारी दिन अस्वीकार गरेका छन् । कानुन अनुसार यस्ता व्यक्तिहरुलाई त्यसै वायुसेवा अन्तरगत नै राखिन्छ, जसमा उनीहरु आएका हुन्छन् ।
गजमेरलाई सोमबार साँझ अष्ट्रेलिया फर्काउने अनुमान गरिएको छ । अधिकारीहरूले उनलाइ नेपाली नेता तथा सञ्चारमाध्यमसँग भेट्न दिन इन्कार गरेको बुझिएको छ ।
यहि सालको शुरुतिर उनी तेश्रो मुलुक पुनर्स्थापना अन्तरगत अष्ट्रेलिया पुनर्वासमा गएका थिए ।
(अप्फा न्यूजबाट)

No comments:

Post a Comment