Saturday, August 1, 2009

शरणार्थी एकिकृत आन्दोलनमा

भूटान पिपुल्स पार्टी ड्रुक नैशनल कङ्ग्रेस र भूटान र्गोखाको सयुंत्क्त मोर्चा (एनफडी) को विहिवार बसेको बैठकले अमेरिकाको फ्लोरिडा स्टेटमा चार महिना अगाडी परिवार सहित गएका हरिलाल अधिकारीको अज्ञात समुहद्वारा हत्या भएकोमा मोर्चाले गम्भिर ध्यानाकर्षण गरेको छ भने दोषीमाथि कडा र्काबाही गर्न अमेरिकी सरकारसगँ मागँ समेत राखेको छ ।

बैठकमा र्पूनवाशमा गएका शरणार्थीहरुको सुरक्षामा सम्बन्धित राष्ट्र सघंले चासो देखाइ अमानवीय घटनाहरुबाट शरणार्थीहरुलाई जोगाइ नयाँ भविष्यको खोजी गर्न सहयोग गरी सन् १९५१ को "रिफ्युजी कन्भ०न्सन"मा उल्लेख गरेको तीन विकल्प मध्ये पहिलो र दोस्रो विकल्पका ढोका पनि मर्यादापूवर्क राष्ट्रसङघीय ले नेपाल सरकारसंग समन्वय गरी चाँडोभन्दा चाँडो पहलगरी खुला गरी दिन मौर्चाका प्रवक्त नारद अधिकारीलै विज्ञपित्तमार्फ जनाउनु भएकौ छ ।
हाल राष्ट्रसङघीय ले नेपाल सरकारसंग समन्वय गरि तेसा्रे मूलुकमा १६ हजार बढी शरणार्थीलाई पुनस्थापना गरि सकैकौ छ ।

त्यसैगरी मोर्चालै १५ जूलाई २००९ मा लिबरेसन आर्मी अफ भूटान (LAB) भूमिगत संगठनले शिविर भित्र सूचना गरि स्वदेश फितीको प्रकृया २१ दिनमा नभए राजनेतिक नेताहरुलाई भौतिक र्काबाहि गरिनै चेतवानिमूलक पर्चालाई मौर्चाल गम्भीर ध्यान आकर्शण जनाएकौ प्रवत्त अधिकारीलै बताउनु भएकौ छ । विगतका दिनहरुमा शीर्षस्थ नेता तथा कार्यकर्ताहरूको हत्या भईसकेको र यस चेतावनीमूलक पर्चाले अन्योल आतंक र असुरक्षा पैदागराएकोमा नेपाल सरकारसगं सुरक्षाको मागँ गरेको छ ।

No comments:

Post a Comment