Monday, June 29, 2009

कानुन सिकाउँदै बार



युएनएचसीआरको सहयोगमा भुटानी शरणार्थीहरुलाई कानुनी सहयोग दिलाउनका लागि नेपाल बार एसोसिएसनले जनचेतना कार्यक्रम शुरु गरेको छ । हिजो बेलडाँगी-१ शिविरदेखि कानुनी जनचेतना कार्यक्रम शुरु गरिएको वारका कार्यक्रम अधिकृत भूपाल कट्टेलले जानकारी गराउनु भयो ।

शिविरभित्र घरेलु हिँसा, करणी, अपहरण, पारपाचुके जस्ता कार्य दैनिक रुपमा बढेकाले शरणार्थी सम्वन्धी कानुन नेपालमा नभएकाले नेपाल बार एसोसिएसनले २००३ देखि युएनएचसीआरसँग सहकार्य गरि कानुनी उपचार दिलाउँदै आएको छ ।

उक्त तालिम कार्यक्रममा शरणार्थी शिविरमा रहेका शरणार्थी प्रतिनिधि, वालवालिका, महिला लगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने र स्थानिय निकायका प्रतिनिधिहरुसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कानुनी सहायता पुस्तिका समेत वितरण गरिएको थियो ।

तालिम सातवटै शिविरहरुमा सञ्चालन हुने र सो तालिम आगामी जुलाइ ३ तारिकका दिन सम्पन्न हुने बताइएको छ ।

रंगमञ्चमा शरणार्थी युवा






समाजमा सहि सूचना प्रवह गर्नका लागि शरणार्थी युवाहरुको एक समूहले सन् १९९७ मा शरणार्थी शिविरमा साझा परिवर्तन नाट्य परिवारको स्थापना गर्‍यो ।
यो समूहअर्न्तगत सातवाटै शिविरमा शाखा कार्यालयहरु स्थापना गरि जनचेतनामूलक अभियान सञ्चालन गरि रहेको परिवारका अध्यक्ष वालकृष्ण अधिकारी बताउँछन् ।
शिविरभित्र समय-समयमा देखा पर्ने जीवनघातक रोग, घरेलु रोग, बाल विवाह, बाल हिँसा, घर झगडा जस्ता आदिमा जीवनजस्तै अभिनय देखाएर समाजलाई हिंसारहित निमाण गर्न अहोरात्र साझा परिवारले घर आगनमा गई जनचेतनामूलक अभियान भुटानी शरणार्थी बाल मञ्चको सहयोगमा गर्दै आएको छ ।

हुन त यो परिवार आफैमा विशुद्ध राजनैतिक रहेकाले सम्पूर्ण कार्यक्रमहरु सामजिक परिपेक्ष्यमा रहेर समाजका हरेक कृयाकलाप, समस्या र समाजिक कुरीति र विसङ्गतिलाई चित्रण गदै नाटकिय ढङ्गमा प्रस्तुत गदै नेपालको राजधानी काठमाण्डौसम्म प्रस्तुत गर्नका लागि पनि चुकेन नाट्य परिवार ।
कथावस्तुले मागे जस्तै गरि पात्रहरुको संयोजनमा समाजमा भईआएका विभिन्न घटनालाई नियान्त्रणको बहसमा लिई "समाज निर्माण गर्नु आजको आवश्यकता हो, त्यसैले समय दिनुहोस्, हामी तपाईलाई हात दिन्छौ ।" भन्ने नाराका साथ शिविर-शिविरमा अभिभान थालेका छन् युवाहरुले ।
बालमञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिना भन्छन् "समाजमा कसैको केही घटना घट्यो या कसैको बालबच्चा हरायो भने पनि नाट्या परिवारले एक अभिभानको मध्यम मार्फत खोजतलास गर्न सघाऊ पुर्‍याउँदै आएको छ " हिंसारहित समाज निर्माणका लागि विभिन्न सरोकारवालको निर्देशनमा नाट्य परिवारले निःशुल्क रुपमा जनचेतनमूलक नाटकहरु शिविर भित्रको रगंमञ्चमा प्रस्तुत गदै आएको छ तर परिवारलाई भने कसैले पनि आर्थिक सहयोग नपुर्‍एकोमा रगंमञ्चको सपना पूनर्वासको महलमा पुगेको परिवारका सदस्य बताउछन् ।

Tuesday, June 23, 2009

हिजो, आज र भोली

जब सन् १९९० सुरु भो, तब प्रजातन्त्र मागको आन्दोलन सुरु भो हिमाली भुटानमा । निरङ्कुशता जमाएको भुटान सरकारले “मै खाउँ, मै लाऊँ, सुख सयल मोज म गरु” भन्ने उक्तिलाई अघि राखेर लाखौँ-लाख जनतामाथि हिंसा, द्वन्द्व र नातावाद-कृपावादको एकाधिकार चमात्कारिक ढङ्गमा प्रस्तुत गर्यो ।
लाटा-सिधा, निमुखा, सर्वहारा किसान र तमाम भुटानी जनतामाथि विभिन्न राजनैतिक चलखेल रचेर राज्यको ढिकुटिमा राजपरिवारमात्र रमाउने खेलमा लाग्यो भुटानी सरकार सन् १९८८ को जन-गणनादेखि । सन् १९८५ को नागरिक ऐनअनुसार १९५८ अघिदेखि भुटान भु-भागमा बसोबास गरी आएका भुटानीलाई मात्र F1 (असली भुटानी जनता) को नाम दिने र अन्य देशमा विवाह गरेका वा बसाइ सर्राई गरेकालाई F2 देखि F7 सम्म विभिन्न वर्ग लगायत गैर भुटानी) मा विभाजन गरेको सत्य छ ।
विभाजन गरिएका नागरिक ऐनमा लोछाम्पा (नेपालीभाषी) जातिलाई ‘विदेशी’ संज्ञा दिइयो भने अन्य जातिलाई असल नागरिकको रुपमा लिएको थियो । त्यसको विरोधमा नेपालीभाषी जनताका प्रतिनिधि तथा तत्कालीन राजाका सहल्लाकार टेकनाथ रिजालले संसदमा बहसको विषय उठाएपछि उनलाई चरम यातना दिई जेलमा खाँदियो । सरकारी निर्णयलाई सिधा शिर उठाएर कसैले पनि विरोध गर्न सक्दैन थियो भुटानमा।
फलस्वरुप, भुटानी जनताले रिजालमाथि अन्याय-अत्याचार भएको थाहा पाएपछि शान्तिमय अन्दोलनमार्फत नागरिक ऐन १९८५ को खारेजी , रिजाललाई रिहा र प्रजातन्त्रको माग गरी सडकदेखि सदनसम्म नारा-जुलुस गरी सरकारलाई ज्ञापन पत्र चढाएको सत्य छ । त्यसबेला सयौं काल अघिदेखि शक्तिशाली भुटानको मूल सिर्जना गर्ने नेपालीभाषी जनताका छोरा-छोरीमाथि सरकारी टोलीले दुर्व्यवहार, हिंसा, आगजनी, सांस्कृतिक विभेद, नेपाली पुस्तकको दहन, चार्डपर्व, विद्यालयको तोडफोड जस्ता कु-कार्यबाट धेरै मारमा परे जनताहरु ।
हिजो, आज र भोली
प्रजातन्त्रको बहाली हुन नपाउँदै भुटान सरकारले वैज्ञानिक यन्त्रको साहयतामार्फत जबर्जस्ती देशबाट लखेट्ने आँट गर्यो । तर जनता शान्तिमय आन्दोलन लिएर गाउँदेखि शहर पसिसकेको थिए त्यसबेला । यद्यपि, सरकारको ‘श्री’ बचाउन लागिपरेका कार्मचारीले भुटानी जनतामाथि डर-त्रास देखाई पैसाको लालचमा पारी सिधा जनतालाई गाउँबाट लखेटे भने केहि वाक-स्वतन्त्रताको लागि संघर्ष गरी देशको नाममा शहीद भए ।
तव, अन्याय-अत्याचारले गाँउ-गाँउमा प्रवेश गर्यो र जनताका छोरी-बुहारीमाथि यौन शोषण गर्न थालेपछि रातारात जीउ जोगाउन शहर छिरेका जनता सन् १९९० पछि देशविहीन बन्न बाध्य भए । भारतको सिमाना हुँदै नेपाल छिरेका एकलाख बढी भुटानी माथि भुटान सरकारले गरेको अन्याय-अत्याचारको घाउमा खाटा बस्न नपाउँदै भारत सरकारले पनि जबर्जस्ती लाटोपनको फाइदा लुट्यो । त्यसपछि नेपालको सिमानामा ल्याई अभिभावकविहीन बालबालिका जस्तै पारी छाडिदियो ।
हरेक कारणबाट श्रम, माटो, यौन, घर जग्गा र रीतिरिवाज, आफ्नोपनको संस्कृति लुटिएका एकलाख भुटानी, नेपालको भु-भागमा दातृ संघ- संस्था र नेपाल सरकारको सहयोग पाएपछि मात्र शरणार्थीको रुपमा नामाङ्कति भए । नेपाल सरकारको संयोजनमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यू.एन.एच.सि.आर) र अन्य मानवीय संघ-संस्थाहरुले शरणार्थी दर्तादेखि गाँस, बास, कपासको प्रबन्ध गरी झापा र मोरङका पाँच ठाँउमा सात शिविर बनाइ शरण दिई राखिएको छ । शरणार्थी भएर बसेको दिनदेखि नै विभिन्न राजनैतिक पार्टी, मानव अधिकारकर्मी, अन्तर्राष्ट्रिय संघ-संस्थाले शरणार्थीलाई स्वदेश फिर्ती गर्नुपर्ने जस्ता आदर्शवादी कार्यहरु गदै नआएका होइन् तर, विकल्प भने कसैले सोचेका थिएनन् ।
खाली नारा-बाजी र भाषणमा मात्र सीमित स्वदेश फिर्ती आन्दोलनले राष्ट्र तथा अन्तर्राष्ट्रका मानवीय सहयोगी सघं-संस्थालाई एक नयाँ विकल्पको ज्ञान दियो । त्यस ज्ञानले तीन विकल्प (प्रथम स्वदेश फिर्ती, दोस्रो तेस्रो मुलुक प्रत्यार्पन र तेस्रो शरण लिएकै राष्ट्रमा विलय) शिविरभित्र विज्ञापनको रुपमा यस अगाडिदेखि प्रचार-प्रसार हुँदै आएको थियो । तर राजनैतिक दलहरुले भने स्वदेशफिर्ती वाहेकका विकल्पहरुलाई विरोध गरिरहेका पनि सत्य हो ।
विरोध पछि, कार्य अघि भन्ने झैं भुटानी शरणार्थी नेतृत्वकर्ताहरुले मानवीय सहायता संस्थालाई ज्ञापनपत्र चढाई एकल रूपमा तेस्रो मुलुक पूनर्वाश प्रकृया अगाडि बढाउन आह्वान गरेपछि स्वदेश फिर्ती र नेपालमै बस्ने विकल्प ओझेलमा परेको देशप्रेमी जनताको गुनासो छ । केवल तेस्रो मुलुक पुनर्वासको योजनाले भूटान सरकारलाई अझ जनतामाथि ज्यादति र अन्याय-अत्याचार गर्न थप मनोबल बढाइदिने केहीको भनाई रहने गरेको छ भने विकसित पश्चिमी मुलुकहरुमा भूटानी शरणार्थीहरु पुगेपछि भूटान सरकारमाथि अझ बढी नैतिक दवाब बढ्ने र एकदिन थिम्पू आफ्नो गल्ती सुधार्न बाध्य हुन्छ भन्ने मत राख्नेहरुको पनि कमी छैन । यथार्थमा केचाहिं सत्य साबित हुने हो, प्रतीक्षाकै विषय बनेको छ ।

अर्जुन प्रधान
arjunjourno@gmil.com