Monday, June 29, 2009

कानुन सिकाउँदै बार



युएनएचसीआरको सहयोगमा भुटानी शरणार्थीहरुलाई कानुनी सहयोग दिलाउनका लागि नेपाल बार एसोसिएसनले जनचेतना कार्यक्रम शुरु गरेको छ । हिजो बेलडाँगी-१ शिविरदेखि कानुनी जनचेतना कार्यक्रम शुरु गरिएको वारका कार्यक्रम अधिकृत भूपाल कट्टेलले जानकारी गराउनु भयो ।

शिविरभित्र घरेलु हिँसा, करणी, अपहरण, पारपाचुके जस्ता कार्य दैनिक रुपमा बढेकाले शरणार्थी सम्वन्धी कानुन नेपालमा नभएकाले नेपाल बार एसोसिएसनले २००३ देखि युएनएचसीआरसँग सहकार्य गरि कानुनी उपचार दिलाउँदै आएको छ ।

उक्त तालिम कार्यक्रममा शरणार्थी शिविरमा रहेका शरणार्थी प्रतिनिधि, वालवालिका, महिला लगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने र स्थानिय निकायका प्रतिनिधिहरुसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कानुनी सहायता पुस्तिका समेत वितरण गरिएको थियो ।

तालिम सातवटै शिविरहरुमा सञ्चालन हुने र सो तालिम आगामी जुलाइ ३ तारिकका दिन सम्पन्न हुने बताइएको छ ।

No comments:

Post a Comment