श्रद्धाञ्जलि (कविता संग्रह), रश्मि (खण्डकाव्य), योद्धा (काव्य) र हावर्डको चौतारीमा (कविता संग्रह)कृतिहरु रचना गरिसकेका कवि दहालको लेखाइमा आफ्नै वैशिष्टता छ । उनका हरेक कृतिमा अन्याय, अत्याचार, शोषण, उत्पीडनसितको भीडन्त छ । श्रद्धाञ्जलिमा गोर्खाल्याण्डको अस्तित्वको लडाई लड्नेहरूप्रति श्रद्धासुमन र नेपाल भित्रका विकृति विसंगतिमाथि तिखो प्रहार, रश्मिमा सामन्तवाद विरुद्धको आवाज, योद्धामा ब्रिटिश साम्राज्यले नेपाली (गोर्खाली) माथि गरेको अत्याचार विरुद्धको शङ्खनाद छ भने हावर्डको चौतारीमा अमेरिकाले तेश्रो मुलुकप्रति गर्ने व्यबहारको यथार्थता छ ।
पन्ध्र सर्गमा विस्तारित श्वेतपत्र महाकाव्य पूरै अनुष्टुप छन्दमा रचना गरिएको छ । नाटकीय शैलीमा हिमालपुत्रीहरु नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको रुपमा चित्रण गरी तीनमध्ये माइली सिक्किमलाई कसरी नवसाम्राज्यवादीले हडप गर्यो, अरु बाँकी दुइलाई कसरी अस्तित्वहीन बनाउन प्रयत्न गरिँदैछ भन्ने मार्मिक यथार्थताको एकपक्षबाट यस कृतिमा बर्णन गरिएको छ भने अर्को तरवबाट सशक्त रुपमा प्रतिकार गर्दै चेतावनी दिइएको छ ।
मशाल जब सल्कन्छ झण्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी ।। (पृष्ठ ८)
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी ।। (पृष्ठ ८)
आफ्नो लेखनीलाई राष्ट्रबादको ढलानमा ढालेर कुँदेको श्वेतपत्रमा कवि दहाल प्रगाढ राष्ट्रवादको पृष्ठ पोषण गर्दै राष्ट्र रक्षाका लागि सबैलाई एक हुनुपर्छ भन्ने सन्देश सम्प्रेषण गर्न किञ्चित पछि पर्दैनन् र आफ्नु स्वाधिनता बाँधिएको नेललाई खोल्न सङ्घर्ष गर्न आग्रह गर्दै भन्छन् –
नखाऔं अब भिक्षाका द्रब्य अन्नहहरू पनि
नलाऔं दानका वस्त्र जस्तै नाङ्गै भए पनि
भोकभोकै बरू बाँच गरी सङ्घर्ष स्वत्वको
फुकाल नेल यो मेरो अर्काका परतन्त्रको ।। (पृष्ठ १००)
भुटानमा विभिन्न समयमा उठेका प्रजातान्त्रिक आन्दोलनहरुका वारेमा व्यापक चर्चा गरिएको श्वेतपत्र महाकाव्यमा महाकवि आफू नै संलग्न भएको आभाष हुने गरी सत्य तथ्य घटनाका स-साना बिवरणलाई पस्कन सफल छन् ।महासुर क्षेत्रीलाई काँचो छालाको धोक्रामा बाँधेर सुनकोश नदीमा फालेको जघन्य अपराधको घटनालाई यसरी गरेको वर्णनले कसको हृदय पग्लन्न ।
काढेर वृषको चर्म जननायकले भरी
सियोले चर्म धोक्राको मुख सिएर बेस्सरी
सुनकोश नदीभित्र डुबाएको कुकृत्यता
सम्झँदा अहिलेसम्म ज्वाला बल्छ कता कता (पृष्ठ १३४)

भुटानी राजतन्त्रले गरेको कठोर दमन ,जनतालाई मातृभूमि छाड्न पारिएको बिवशता माथि प्रहार गर्दै कवि नेपाल र विश्वका कुना कुनासम्म पुर्याइएका शरणार्थीलाई आफ्नो अधिकार शान्ति अथवा क्रान्तिको जुनसुकै मार्गबाट भए पनि पुनः प्राप्त गरी निर्वाध रुपले स्वदेश प्रवेशका लागि भुटान आमाबाट गरिएको आह्वानलाई यसरी व्यक्त गर्छन् –
कदा नबिर्स हे मेरा कर्णधार तिमीहरु
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरु
हेर्दैछन् पथ तिम्रै त्यो फर्कनेछौ भनीकन
क्रान्तिको पुञ्ज बोकेर आउँदै छौ भनीकन ।। (पृष्ठ १६७)

आज दक्षिण एशियाका साना राष्ट्रका निम्ति भारतको भूमिका सन्तोषजनक नरहेको कुरा जगजाहेर छ । पाकिस्तान विभाजनदेखि लिएर श्रीलंका को गृहयुद्ध होस् अथवा भुटानमा जातीय सफाया अभियान, नेपालका आन्तरीक मामलामा अनावश्यक हस्तक्षेप, सिक्किमको अन्याय पूर्ण विलय सबैमा भारतको तानाशाही प्रवृत्तिको नाङ्गो नाचप्रति लक्षित गर्दै कवि लेख्छन् -
लियो दक्षिणले आमा नीति दुष्ट प्रवृत्तिको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तसर्थ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बड्गलादेश,बर्मा र पाकिस्तान सिलोनमा ।। (पृष्ठ १४१)
सिक्किमलाई भारतमा गाभिएको कुरालाई कतिपय भारतीय विद्वानहरुले नै निन्दनीय कर्म भनेका छन् । सुनन्दादत्त रायले स्म्यास् एण्ड ग्रैव जस्तो कृति जसमा सिक्किमको भारतमा विलयनको वस्तुनिष्ठ तथा सन्तुलित अन्तरकथा लेखेर विश्व समक्ष राखिसकेका छन् भने श्वेतपत्र महाकाव्यमार्फत कवि खेमनाथ दहाल
गाभ्न के देश अर्काको सक्छ अर्कै विदेशले,
विधेयकहरु ल्याई गाभ्न मिल्छ विधानले,
त्यसै हो, हुन्छ यो मान्य भने के अन्य देशले,
गाभ्यौ भारत भन्दैमा मान्छ भारतवर्षे
भन्दै विश्वसामु यस्तो यक्ष प्रश्न राख्दछन् ।त्यतिमात्र होइन सिक्किम आमाका सन्ततिलाई आफ्नो गुमेको अस्मिता फर्काउन उठ जाग भन्दै भन्दछन् ।
झुप्पा सुनाखरीका र हिमाली टाकुराहरु
भगवान् बुद्धका आँखा घण्ट मन्दिरकाहरु
तिमीलाई सधैं भन्छन् जाग रे अब सिक्किमे
नहोऊ अब मुर्दाझैँ आफ्नो अस्तित्व बिर्सने ।। (पृष्ठ १०४)

सुगौली सन्धी वास्तबमा बलका भरमा लादिएको सन्धी हो । यसको नेपालको तर्फबाट अनुमोदन भएकै छैन भन्दै कवि दहालले यस असमान सन्धीलाई चाँडो भन्दा चाँडो खारेज गर्नु पर्ने कुरामा जोड दिँदै सन्धीको दुर्गन्ध नामक शीर्षकमा यावत् वृत्तान्तको अति मार्मिक तरवबाट उत्खनन् गरेका छन् । साथै नेपाली मूल भूमिबाट छुट्याइएका भू-भाग र सन्ततिलाई नेपाल आमा र उनका सन्ततिले कदापि भुल्न, त्याग्न सक्तैनन् भन्ने कुरालाई यसरी नेपाल आमाको कथनबाट प्रष्ट पारेका छन् ।
सिरमौर म सम्झन्छु गोर्खाल्याण्ड झनै अझ
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिद्वार र अल्मोडा, कुमाउ, देहरादुन
गड्गा र जमुना सम्झी काट्तैछु तड्पँदै दिन ।। (पृष्ट १११)
राष्ट्रिय स्वाभिमानको कुरा, राष्ट्रको अखण्डता, देशप्रेम तथा राष्ट्रवादकै सेरोफेरोबाट ओतप्रोत भई लेखिएका यस कृतिका हरेक श्लोकहरु आफैमा ओजपूर्ण र उपमेय छन्। सायद यिनै कुरालाई दृष्टिगत गरी श्वेतपत्रको भूमिकामा प्रा. गोपिकृष्ण शर्मा लेख्नुहुन्छ – समाजबाट बिषय लिएर कलात्मक ढंगगले काव्यिक रुप दिइएको श्वेतपत्र महाकाव्यमा युगबोधका साथै प्रगति र रुपान्तरणका सन्देशहरु पाइन्छन् ।श्वेतपत्रको घोषणाले अब हिँड्ने यात्रा पथको निर्देश गरेको छ । इतिहास र वर्तमानमा वर्णनप्रधान विषय यहाँ आएर काव्यिक बनेका छन् र साहित्यिक मूल्यवत्ता कायम गरेका छन् । इर्ष्यालाग्दो कृति श्वेतपत्र भन्दै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल यस कृतिको भूमिकामा लेख्नुहुन्छ नेपाली मूलको भएर हामीले संसारका जुनसुकै कुनामा रहे पनि आफ्नो जात, धर्म र संस्कृतिको बचावटका लागि गरेका सङ्घर्षको कथा हो यो महाकाव्य ।कवि दहालबाट अझ महत्वपूर्ण कृतिहरुको अपेक्षा गर्दै शुभकामना
अन्त्यमा
नेपालको सबै भुमि सुगौली सन्धि पूर्वको
भुटानको सबै भाग कुचविहारसम्मको
मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमेप्रति
बनौं उत्तरदायी र लियौं यौटा नयाँ गति ।। (पृष्ट २३०)
अर्जुन प्रधान
I have been visiting your blog! It is nice!! Articles are excellent.
ReplyDeletePlease visit my blog too
It is http://bhandaripradeep.blogspot.com