Sunday, December 26, 2010

स्वतन्त्रताको एक ज्योति Dec 26, 2010


अर्जुन प्रधान, अमेरिका
जो मानव रङ्गहरुलाई एक मालामा उनेर स्वतन्त्रताको सिङ्गो इन्द्रेणी माला बनाउन खोज्दछ ऊमाथि जादुगरी सरकारको हस्तक्षेप हुन्छ । एकरुपतामा हैकमवादका नारा उडाएर आफैं राजा आफैं मात्र प्रजा हुन खोज्ने निरङ्कुश शासकलाई स्वतान्त्रता सद्भाव भन्ने शब्द नै थाहा छैन् ।
हरेक इतिहासका कालखण्ड हेर्ने हो भने प्रत्येकले जनताको काँचो रगत चुसेर राज्य जमाएका छन् । जर्मनीमा हिट्लरले, नेपालमा राणाहरुले भारतमा ब्रिटिसहरुले, चीनमा कुइन सिइ हुङ्गले, भूटानमा वाङ्गचुक परिवारले आदि…| भौगोलिक सिमानालाई विभाजन गरेर सिङ्गो देश विदेश र स्वदेशको रुपमा रुपन्तरित छ । यिनै सिमानाहरुको बीचबाट छुट्टिएर एकान्तमय हरियाली र मनमोहक दृश्यहरुले सिङ्गारिको एउटा सानो स्वदेश चीन, भारत र बंलादेशको भौगोलिक-राजनैतिक खेलमा हुर्किरहेको छ ।
जङ्गल र ठूला पहाडहरुलाई संरक्षण गर्दै सुन्दर अनि धार्मिक स्थलको नामबाट सुपरिचित अहिलेको भूटान स्वादेश सन् १६२४ मा भूटान भित्रिएका नेपाली भाषीको लगनशीलता र अनुशासनले हो । १६ परिवार नेपालीहरुले हरेक माटो-बाटोलाई खोपेर ठूला राजमहल बनाए । निर्जीव बस्तुलाई साथी बनाएर देशको भण्डार भरिभराउ बनाइदिए । देश नामको संरचनालाई कागजमा लेखपढी गरि सबैलाई बराबर न्याय हुने ‘संविधान’ भूटानमा बनाए । त्यसपछि ब्यक्ति, समाज र राष्ट्रमा दिन-प्रतिदिन विकासको नयाँ छाल प्रष्फुटित गरी नेपालीभाषी भूटानी विभिन्न जिल्ला हुँदै प्रतेक प्रान्तमा आफ्नै भेषभुषा, रीतिरिवाज, भाषा-साहित्य, लिपि आदिको संरक्षण गर्दै नयाँ भूटान निमार्ण गरी कष्टकर जीवन यापन गरी इतिहासमा नयाँ ज्योति भइरहे ।
सबै कुराहरुले भरिभराउ भएको देखेर वाङ्गचुक परिवार हर्षले मातियो | त्यसपछि राष्ट्रको नाममा विभेदकारी नीतिहरु निमार्ण गरी धर्मीक गुरु साब्डुङ नवाङ नाम्गेललाई पनि संकटमा पारी छाड्यो । त्यसपछि राज्यका नागरिक जो भुटान नामलाई कुलागांग्री जतिकै उच्च बनाउने नेपालीभाषी भूटानी निमार्णकर्ताहरु माथि घोर अत्याचार सुरू भयो | आफ्नो क्रूरताले जनता तर्साउन प्रजातन्त्रप्रेमी जनताहरुलाई चरम यातनाको शिकार बनाइयो | तिनीहरुले अनगिन्ती निर्दोषहरुको रगत पिएका छन् | शन्तिमाथि बलत्कार गरेका छन् र मानवतालाई धर्मसंकटमा पारेका छन् । आफ्नै परिवार जनमाथि बलत्कार गरी देशविहिन बनाएका छन् | यसरी लाखौँ न्याय र प्रजातन्त्रप्रेमी जनताहरुलाई वाङ्गचुक सरकारले कहिल्यै न्याय गरेन ।
नेपाली भाषा, साहित्य, संस्कृति, रीतिरिवाजलगायत देशमा प्रजातन्त्रिक संविधान बनाउनका निम्ति हाम्रा अग्रज दाजु तथा दिदी-बहिनीहरुले खेलेको प्रजातन्त्रिक अभियान आजसम्म पनि इतिहामा ताजा भइरहेको छ । यही प्रजातन्त्रमा वाक स्वातन्त्रता स्थपना गर्नका लागि अहोरात्र देश-जनताको निम्ति बलिदान चठाई हाम्रो आँखाका ज्योति भई हाम्रालाई सदासर्वदा आर्शिवाद दिइरहनु भएको छ ।
राज्यले नेपालीभाषी भूटानी नागरिकले गरेको प्रजातान्त्रिक पहलकदमीलाई विश्वास नगरी बन्दुके शासन जमाएर भूटानी अग्रजले देखाएको बाटोलाई पहिलाएर आज विश्वमा चम्किरहेको छ । हरेक चम्किला तारामा हाम्रो खुन पसिनालगायत शीप , जाँगर अनि हाम्रा शहीदहरुको बलिदानी कथा छ । आजसम्म वाङ्चुक सरकारले देशमा न त शहीद दिवास मनाएको छ न त शहीदहरुको सहि तथ्याङ्ग नै सार्वजनिक गरेको छ । हाम्रै अग्रजले देखाएको बाटोमा हिँडेर आज विश्वमा यो भनिरहेको छ कि “नेपालीभाषी भूटानी आतङ्ककारी हुन्” भनेर । यसको सहि किताब कोर्ने दिन अब भूगोलभित्र छरिएका हामी भूटानी छोराछोरीको हातमा छ ।
हामीले नै विश्वलाई यो कुरा बताउनु पर्छ कि भूटान देशमा १९९० अघि प्रजातान्त्रिक शान्ति आन्दोलनमा सहभागी हुँदा सरकारले जताभावी बन्दुक चलाएर सोझा तथा निर्दोष प्रजातन्त्रप्रेमी जनतालाई मारेको थियो । त्यसमा अगुवाहरुलाई आगो लगाएर पुरस्कार दिन्छु भनी बोरामा पोको परी सुनकोश खोलामा फ्याँकेको, झुन्डाएर, बलत्कार गरेर, जेलमा चरम यातना दिएर आदि प्रकारले हाम्रा मान्छे मारेको छ | त्यसको क्षतिपुर्तिलगायत राष्ट्रले शहीद घोषण गरी शहीद परिवारलाई शिक्षा र रोजगारी दिलाइदेऊ भनेर अपिल विश्व समुदायमा चडाउनु पर्छ । त्यति मात्र नभएर वाङ्चुक सरकारलाई घुँडा टेकाएर जनताहरु माझ माफी मागाउनु आजको अति आवश्यकता रहेको छ; विश्वका इतिहासहरु दिनप्रतिदिन परिर्वतन भएजस्तै गरी ।
अनि मात्र हाम्रो मनभित्रको ठूलो घाउमा थोरै शान्त्ति मलम मिल्ने छ । यो अभियानमा हामी सबै भूटानी एक जुट भई अघि बढ्यौँ भने शहीदहरुले हामीलाई आर्शिवाद दिने छन् । आजसम्म हामीलाई सुरक्षित राखी आफ्नो शारीरिक जीवनमा धेरै दु:ख-कष्ट खेपेर हाम्रो निम्ति बलिदान भए भने उनीहरुको आत्माले हामी सम्पूर्ण भूटानी जनतामा स्वातन्त्रताका ज्योति भई विश्वसामु चिनाइरहेका छन् ।
अब उनीहरुलाई चिनाउने पालो हाम्रो हो । अहिलेसम्म चिनिएको इतिहास हाम्रो बलिदानी पात्रहरुले गर्दा मात्र हो | त्यसैले उनीहरुले हिँड्न सिकाएको स्वतान्त्रताका पाइलाहरुलाई कदर गर्दै सम्पूर्ण शहीदहरुको सपना साकार पर्न जिम्मा हाम्रो हातमा छ । मेरो तर्फबाट सम्पूर्ण शहीदहरुलाई सलाम ।

No comments:

Post a Comment