Thursday, December 2, 2010

देशप्रति चिन्तित एउटा जमघट

देश कहिले अन्तुमा काटिन्छ, देश कहिले सुस्तामा काटिन्छ ।


हे भन वीर नेपाली, वीर भै यसरी कतिदिन बाँचिन्छ ?



जेवी थुङले शुक्रबार इटहरी नगरपालीकाको सांस्कृतिक भवनमा भएको साहित्यीक जमघटमा यही गीत गाए । र सबैलाई एकपटक मुलुकका लागी सोच्न बाध्य पारे ।

देशको सिमानामा चारै तर्फबाट अतिक्रमण भैरहेको वर्तमान नेपालको परिवेश समेटिएको यो गीतले नेपालका राजनेताहरु आफ्नो स्वार्थमा लागेर देशलाई भुलेको यथार्थ समेत समेटेको छ ।

इटहरी साहित्यिक समुहले गरेको जमघटमा थुलुङलेमात्र हैन मोरङ र सुनसरीका दुइ दर्जन श्रष्टाले यस्ते देश दुखेको र जनताले सास्ती ब्यहोर्नु परेको परिवेश उतारे । काठमाण्डौबाट आइपुगेका सिस्नुपानी नेपालका संस्थापक खगेन्द्र बरालले देशको अवस्थालाई यसरी ब्यग्य गरे

पूरानोनेपालमा बिजुली फालाफाल

नयाँ नेपालमा लुटेरा मालामाल ।

उनले समाजका लुटेरादेखि राज्यसत्तामा बसेर देश लुटनेहरुलाई गतिलो झापड हाने । देशमा राजनीतिक ब्यवस्था स्थिर नहुदाँ आम नागरीकले हरेक क्षेृत्रमा पीडा खेप्नु परेको छ । साहित्यकारहरुले त्यही वास्तविकतालाई आफ्र्ना सिर्जनामा उर्ताने गरेका छन् । यतीवेला प्रयाजसो साहित्यकारका सिर्जनाले त्यही यथार्थ बोकेको पाइन्छ ।

गोली सहेर बसेको हजुरम स्वर्ग छिचोली खसेको हजुर

पिलाउ सबैमा भनी औषधी बिषैका घडामा पसेको हजुर ।

अहिले मुलुकको राजनीतिक दुरावस्थाले धेरैले अपागं झै जीवन जीउनु परेको छ त्यही वास्तविकता टिका आत्रेयले गजलमा सुनाइन । साझा प्रकाशनका अध्यक्ष ममता झा सहित निर्देशकहरु हरिगोबिन्द लुइटेल, नयनराज पाण्डे, अनिल पौडेल र देवनारायाण यादवको सम्मानमा बिहिबार साहित्यिक समुहले गरेको कार्यक्रममा साहित्यकारका रचनाहरु देशको चिन्तामा डुवेका थिए ।दशैबाट दशै हराएको खबर छैन अखबारमा कवि मनु मञ्जिलले दशैं हराएको कुरा गर्दै देशको तितो थथार्थ सुनाए तिहार पछि ।

तिला लेकाली, राम दाहाल, जीवन राइ, रेखा सुवेदी, श्रवण कुमार भट्टराई, विरेश राइलगायतका रचना पनि देश र वर्तमान परिवेशमा केन्द्रित थिए । सबैका रचनाले देश र समाजको चिन्ता बोकेको थियो । कार्यक्रममा संगीत साधना महाविद्यालयका रामकुमार राजधामीले संगीतको स्वाद सगै तीनवटा गीत गाए । गायत्री लम्सालले आफ्ना चारवटा गीत पनि गुनगुनाउन भ्याए ।कार्यक्रम विटमार्न लाग्दा साझा प्रकाशनकी अध्यक्ष ममता झाले भनिन ‘ अव साझा प्रकाशन सम्पुर्ण नेपाली साहित्कारको साझा हो । पहिले जस्तो काठमाण्डौ केन्द्रित हुदैन । देशका हरेक ठाएमा पुग्ने अभियानमा निस्किएका छौं ।’
 
For more

देशप्रति चिन्तित एउटा जमघट

No comments:

Post a Comment