Rupa with her frns purni maya rai in refugee day.Photo arjun/BNS |
विचारमा धेरै फरक मत भएपनि रुप दिदिको र मेरो सम्बन्ध दिदि भाइको थियो । दिदि विचारमा मालेमाबादको एक जिम्मेवार कर्याकर्ता हुनु हुन्थियो ।
दिदिले हामीलाई साहित्यीक कार्यक्रमबाट माया ममता दिनु भयो र याम थुलुङ्ग प्रकाश आङदेम्बे भोला सिवाकोटी कृष्ण दास भण्डारी काइलो आदि साहित्यकारको सर-सल्लाहबाट भुटान गजल माचको स्थापन भएपछि सबै एकै भयौ ।
समयले फरक बाटो हिडाए पनि भेटघाट चाहि भइरहन्थियो । साहित्यीक कार्यक्रमको बारेमा के कस्तो हुदैछ भनेर सोध्ने र कुन ठाउमा कुन कार्यक्रम हुदैछ भन्ने बारे कुराकानी हुन्थियो । दिदिको कार्यक्रम र हाम्रो कार्यक्रमको विचार भने निक्कै फरक थियो । म चाहि भुटानी पत्रकार भएको कारणले गर्दा केही दिदीको पाटीको समाचार चाहि चाडै थाहाँ हुने हुन्थियो । क्याम्पस जादाँ पनि हामी सगै एकै साइकलमा जान्थीयो अनि घर आउदाँ पनि । सबैले परिवर्तनकारी भनेर आँखा गाड्ने गथिए तर लक्ष्य भने धेरै फरक थियो । भूटानको माटोमा आफ्नो ज्यानलाई बलिदान चडाउछु भने मेरो दिदि शिविरकै अस्पातलमा डाक्टरको लापरवाहीको कारणले गर्दा क्षय र कमलपित्त जस्ता रोगबाट निधन हुन पुगिन ।
दिदिले मलाई विदाइ गर्छु भन्दा भन्दै विरामले सारै च्यापे पछि उवाँलाई धरान सम्म लगि उपचार गदाँ गदै निधन भयो । उवाँको निधनले म लगायत भुटानीहरु स्तब्ध भएका छ । उवाँको आत्माले चिर शान्ति पाहोस भनि हार्दिक श्रदााजली छ ।
No comments:
Post a Comment