Sunday, June 20, 2010

विश्व शरणार्थी दिवसको अवसरमा

अन्तराष्ट्रिय स्रष्टा माच र गन्तव्य थिएटर दमकको सँयुक्त आयोजना तथा भूटान समाचार सेवाको प्रायोजन तथा विश्व शरणार्थी दिवसको अवसरमा आज दमकमा नेपाल भूटान मैत्रीपूर्ण चित्रकला प्रतियोगिता रङ्गमा बिस्थापन बिम्ब आयोजना गरियो ।




प्रमुख अतिथि ललितकलाका प्राज्ञ पवन राजवंशीले चित्र बनाएर प्रारम्भ गरिएको सो कार्यक्रममा नेपाल र भूटानका गरेर डेढ दर्जन कलाकारहरु सहभागी रहेका छन् ।

युमा आर्टस धरानका गोविन्द सुब्बा उमेस डि।सी। युवराज रिजाल नोवल खतिवडाको निर्णायक रहेका छन् । अन्तराष्ट्रि स्रष्टा माचका सचिब याम थुलुङको अध्यक्षतामा सम्मपन्न सो कार्यक्रमको बारेमा कार्यक्रमका सँयोजक प्रकाश आङ्देम्बेले भने…साहित्य र कला भनेको कहिले पनि शरणार्थी हुँदैन यस कार्यक्रम र अवसरमा हामी यो सन्देश दिन चाहान्छौँ । कार्यँक्रमा दिलन समालको लेखन तर्था अर्जुन प्रधानको निर्देश्ानमा तयार पारिएको नाटक  A Thrown Book पनि माचन गरियो ।

No comments:

Post a Comment