Friday, January 22, 2010

इयु प्रतिनिधिले बुझिन शरणार्थीको हालखवर


यूरोपियन युनियनले भुटानी शरणार्थीहरुलाई दिँदै आएको सहयोग आगामी सन् २०११ देखि रोक्ने निर्णय भइसकेको अवस्थामा उक्त सहयोग निरन्तर राख्न युएनएचसीआरले गरेको आग्रहपछि युनियनले सो सहयोग रोक्ने कि नरोक्ने भन्ने विषयमा जानकारी लिन स्थलगत भ्रमणमा खटिइ आउनु भएकी युनियनकी प्रतिनिधि शिला बी. रिड र शरणार्थी समन्वय इकाइका प्रमुख हर्क बहादुर राई विच भेटघाट तथा छलफल भएको छ ।



छलफलको क्रममा रिडले शरणार्थीको जीवनस्तर स्थानीय नेपालीको जीवनस्तरभन्दा राम्रो भएको भन्दै सहयोग रोकिने जानकारी दिँदा राईले कसैले गलत व्याख्या गरेको हुन सक्ने भन्दै शरणार्थीहरुको जीवनस्तर दिनानुदिन खस्किँदै गएको जानकारी दिनुभएको थियो । उहाँले नेपाली र भुटानी शरणार्थीको जीवनस्तरमा धेरै नै फरक रहेको बताउँदै, जन्म र बैवाहिक सम्वन्धका कारण शरणार्थीको संख्या बढ्दै गएको भए पनि त्यो अनुपातमा सहयोग नआउँदा शरणार्थीहरुलाई दैनिक जीवनयापनका लागि कठिनाइ भइरहेको बताउनु भएको थियो । उहाँले यदि दातृ निकायहरुले शरणार्थीहरुका आधारभूत आवश्यकताको परिपूर्तिका लागि सहयोग गर्न सक्दैनन् भने घरफिर्तिका लागि भूटानलाई दवाब दिनका लागि अन्तराष्ट्रिय समुदायले पहल गर्न आग्रह समेत गर्नु भयो ।

सो अवसरमा भुटानी जेष्ठ नागरिक समूहका तर्फबाट बेलडाँगी १ शरणार्थी शिविरका सचिव टि वि गुरुले इयु प्रतिनिधि शिलासमक्ष ज्ञापन पत्र पेश गर्नु भएको थियो । ज्ञापन पत्र बुझ्दै शिलाले यसरी भुटानी शरणार्थीहरुको घरआँगनमा आएर शरणार्थीहरुको वास्तविक समस्या बुझेको र काठमाण्डौं गएर यस बारेमा छलफल गरि शरणार्थीहरुका लागि सहयोग जारी राख्ने प्रयत्न गर्ने आश्वासन दिएकी छन् ।

No comments:

Post a Comment