Friday, January 22, 2010

राहत वितरण शुरू


झापाको भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा भएको आगलागीले विचल्नीमा पारेका शरणार्थीलाई आज विभिन्न दातृ निकायले बन्दोबस्तीका सामाग्री लगायत खाद्यान्य उपलब्ध गराएको छ ।
नेपाल रेडक्रस सोसाईटी झापा शाखाले भाडाबर्तन १सय२४ थान, व्लाङकेट ६२ थान, कपडा ५४ थान उपलब्ध गराएको छ । क्यारिटस नेपालले सिरक २८, कराई २८, मख ७६, जग १५२, तौलिया ७६ थान उपलब्ध गराएको संस्थाका स्टोर तथा लजिस्टिक अफिसर पुन्य प्रसाद पराजुलीले बताउनु भयो ।




यसै गरी शरणार्थीहरुको स्वेच्छिक दानबाट संकलन गरिएको बेलडाँगी २ क्याम्प व्यवस्थापन समितिले २ सय ८१ केजी चामल, ८ बोरा भाडा, लत्ता कपडा उपलब्ध गराएको क्याम्प सचिव नारदमुनी सन्यासीले बताउनु भयो । यसैगरि स्वच्छिक दान संकलन केन्द्रबाट ६ हजार ६ सय ४० रुपयाँ आर्थिक संकलन गरिएको स्थानीय शरणार्थी पत्रकार अर्जुन प्रधानले बताउनु भएको छ ।
यसैबीच आजै विचल्नीमा परेका भूटानी शरणार्थीलाई आपतकालिन सहयोग जुटाउन शरणार्थी समन्वय इकाइका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले चाँडै नेपाल सरकारको अगुवाईमा शरणार्थीलाई पुनस्थपनाको लागि बन्दोबस्ति अगाडि बढाउने बताउँनु भएको छ ।
पोखरेलका अनुसार सम्पूर्ण दातृ निकायको सहयोग लिँदै जिल्ला दैवी प्रकोप समिति झापाले तत्काल सहयोग जुटाउने छ ।
बुधवार राति पौने १० बजे भूटानी शरणार्थी शिविर बेलडाँगी १मा भएको   आगलागीमा   जलेको  तथा   भत्काईएको समेत गरी ७६ छाप्रा नष्ट भएको थियो । आगलागीबाट ढेड करोड रूपैंया बराबरको धनमाल नष्ट भएको शरणार्थी रेखदेख निकायहरुको एक अनुगमन समितिले जानकारी दिएको छ ।

No comments:

Post a Comment