Sunday, November 8, 2009

आइओएमको गाडी चलाउन प्रतिवन्ध


आप्रवास सम्वन्धि अन्तराष्ट्रिय संस्था आइओएमले सम्झौता अनुसारको काम नगरेको भन्दै झापाको दमकमा स्थानियवासीले सो सस्थाका गाडी चलाउन आजदेखि प्रतिवन्ध लगाएका छन् ।
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थपनाको काम गर्दै आएको सो संस्थाले दमक नगरपालिका क्षेत्रभित्र आइओएम कार्यालय वरीपरीको वाटो कालोपत्रे गर्ने सम्झौता गरेको थियो । २२ महिनाअघि नै यस्तो सम्झौता गरिएपनि हालसम्म सो कार्य नगरेको भन्दै संस्थाका गाडी गुडाउन नदिने निर्णर्य गरिएको स्थानिय पदम कोइरालाले जानकारी गाराउनु भएको छ । सो संस्थाको कार्यालय आसपासमा स्थानिय वासिन्दाले सम्झौता कार्यान्वयन नभएसम्म गाडी चलाउन नदिने वताएका छन् ।


                  खुल्ला प्रगियोगिता
भूटानी शरणार्थी यूवा मैत्री कैन्द्र बेलडागी-१को आयोजनमा शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रविच सुमधुर सम्बन्ध कायम गर्ने ध्येयले शनिबारदेखि खुल्ला ब्याटमिन्टन प्रगियोगिता सञ्चालन भइरहेको संयोजक मानध्वोज गुरुङ्गले जानकारी दिएका छन् ।
प्रतियोगीतामा शरणार्थी र प्रभावित क्षेत्रका महिला १५जना र पुरुष ५० जनाको सहभागिता रहेको छ । सो प्रतियोगिता एक हप्तासम्म बेलडाँगी १ को खेलकुद केन्द्रमा हुने छ ।
कार्यक्रमलाई दमकस्थित शरणार्थीको शैक्षिक सहयता संस्था कारितास नेपालको सहयोगमा सञ्चालन भएको हो । कारितास नेपाल अर्न्तगत यूवा मैत्री केन्द्रले सात शिविरमा विभिन्न शिप मूलक कार्यक्रम सञ्चालन गरि रहेको कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चाले जानकारी दिनु भएको छ ।


No comments:

Post a Comment