Thursday, November 5, 2009

रिजालको तेश्रो पुस्तक विमोचन



भुटानी मानवअधिकारवादी एवं प्रजातन्त्रवादी नेता टेकनाथ रिजालले जेलमा आफूलाई दिइएका यातनाको विषयमा लेखेको पुस्तक बजारमा आएको छ।
‘टर्चर किलिङ मी सफ्टली’ नामक अंग्रेजी भाषाको यो पुस्तक मंगलबार सविधानसभा अध्यक्ष सुवास नेम्बाङले सार्वजनिक गरे। यसअघि रिजालका नेपाली भाषामा ‘निर्वासन’ र अंग्रेजीमा ‘प्यालेस टु प्रिजन’ प्रकाशित छन्।

पुस्तक सार्वजनिक समारोहमा उनले भुटानी जेलमा आफूलाई दिइएको यातनालाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। यसअघिका पुस्तक पनि भुटानको बिग्रदो राजनीतिक अवस्था र जेलमा उनलाई दिइएको यातनाकै सेरोफेरोमा केन्द्रित थिए।

भारतीय पत्रकार आनन्दस्वरुप वर्माले भुटानी समस्या भारतले थोपरेको बताउँदै उसकै बेवास्ताले समस्या विकराल बन्दै गएको बताए। उनले ट्रकमा हालेर नेपालमा भारतले नै शरणार्थी ल्याएर रोकिरहेको बताउँदै तीन पक्षीय समझदारीबाट मात्र समस्या हल हुने बताए। उनले भने, ‘भुटानी शरणार्थीले हतियार उठाए के हुन्छ? उनीहरू भारतीय माओवादीसँग मिसिए कति खतरा हुन्छ? त्यसतर्फ भारत सरकार सतर्क छैन।’

सैन्यविद् इन्द्रजीत राई, इन्सेक अध्यक्ष सुवोध प्याकुरेल, मोहन लोहनी र ध्रुवहरि अधिकारीले मानव अधिकार र भुटानमा लोकतन्त्रको पक्षमा पुस्तकले जनमत सिर्जना गर्ने बताए।

No comments:

Post a Comment