Sunday, November 1, 2009

खड्का हत्याको मुद्धा जिल्ला अदालत झापामा

भुटानी नेता केबी खड्काको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका तीनजनाको मुद्धा आज जिल्ला अदालत झापामा पेशी भएको छ ।


पक्राउ परेका वीर बहादुर सुव्वा, यादव गुरुङ र पहलमान र्राईलाई आज अदालतमा पेशी गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई ज्यान मुद्धा चलाईएको छ ।
दमकको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका पूर्वसचिव केवी खड्का गत भदौ २३ गते दमकबाट शिविर तर्फजाने क्रममा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।


No comments:

Post a Comment