Sunday, May 31, 2009

एक बालकको सपना

अभिभावकको मायाबाट टाढा हुनु अनि सडकमा हजारौं मानिसको गाली गलौज खानु कम अपमानको बिषय हैन । साँच्चै अभिभावकहरु भगवान हुन्थे भने मेरा कुरा बुझ्ने थिए होलान् । यो स्वभाबिक लाग्ने तर अस्वभाविक सपना एकजना बालकको हो । उनि हुन् भुटानी शरणार्थी शिविर. बेलडागी-१, सेक्टर सि-३, छाप्रा न.१८९.का १० वर्षीय विशाल दर्जी । बिशाल कुरो बुझ्ने हुन नपाउँदै उनकी आमाले अर्कै लोग्नेको घर स्याहार्न थालिसकेकी थिइन । आमाको कोखबाट जन्मिएर संसार बुझ्ने, आफनो बारे सोच्ने र ब्यक्तित्व बिकास गर्ने अबसर उनलाई जुरेन । आमाले चटक्कै छोडेर अर्कोसगँ गएपछि विशाललाई आमाको माया धेरै आवश्यकता खड्कियो । तर विडम्वना, उनी त्यो अबसरबाट बञ्चित नै रहे । उनका दाजु सोम बहादुर र दिदी सुकमाया पनि नजिकै बजारको एउटा होटलमा जुठा भाँडा माझ्दैछन् । उनिहरुले महिनाभरी भाँडा मस्काएर पचासदेखि सय रुपैया हात पार्छन् ।बिशालका लागि ठूला तर ती कलिला मजदुरहरुको साँझ बिहान खाना र बास पनि त्यही होटलमा नै हुन्छ । उनीहरुका मनमा पनि सुकिला लुगा लगाउने, मिठो मसिनो खाने, साथीहरुसँग हाँसखेल गर्दै स्कुल जाने, आमाको काख र बाबुको काँधमा रमाउने सपना हुँदै नभएको चाँही हैन है । तर ती सपना फूल खेल्न नपाउदै बडो बिचित्रसँग मटियामेट भए । एकदिन उनीहरुकी आमाले घर छोडीन् । उनले अर्कै लोग्नेको सिन्दुर लिएपछि यी तीन बालबालिकाका दुखी दिन शुरु भएका हुन् । यी तीन दिदीभाइको सपनामा ज्यान भर्ने काम उनीहरुका आमा बाबुकै हो । तर कमजोरीको शुरुवात त्यहीँबाट भयो । परिस्थितिमा केही बदलाव आयो । छोरा-छोरीको स्याहार र घर चलाउन आफुलाई भरथेग होस भनिकन मन मायालाई दोस्रो श्रीमतीको रुपमा भित्र्याए अर्जुनले । पछिल्ली श्रीमती पनि दुइ सन्तान जन्माएर अर्कैसँग हिडेपछि परिबारको झन् कन्तबिजोग भयो ।
त्यसपछि यो परिबार एउटा अब्यबस्थित गृहस्थको दुखी अखडा झैं भयो । दुःख र हण्डरको बोझ अर्जुन दर्जीको काँधमा एकपछि अर्को गर्दै थपिदै गयो । अर्जुन आफुलाई पनि पिडीत ठान्छन् । श्रीमतीले घर गृहस्थी लथालिङ्ग पारेर हिँड्दा आफु पनि बिक्षिप्त भएको तर्क छ उनको । भन्छन् “म के गरौं ?” यो एउटा पिडाको कथा हो । दुःखको कहानी हो । असमझदारीले घरमा निम्त्याउने कलहको नमिठो चित्र हो । घरमा आमा बाबुका काम कुरा मिलेनन् भने परिबार कसरी भाँडिन्छ भन्ने कुराको पिडीत उदाहरण बनेका बिशालको जीवन भोगाई शरणार्थी शिबिरका औसत दुखी शरणार्थीकोभन्दा बढ्तै टिठलाग्दो छ । उनीलाई अहिले लेखपढ गर्ने अबसर चाहिएको हो । ज्यान तगडा पार्न तागतीलो खान्की र चेतनाको बिकासका लागि राम्रो शिक्षा चाहिएको छ । आङ ढाक्ने कपडा पनि चाहिएको छ । यी उसका खोस्नै नमिल्ने हक अधिकारहरु हुन् । शरणार्थीको हक-अधिकार र संरक्षण गर्छौं भन्ने संघसंस्थाको यहाँ कमी छैन । तै पनि किन बिशाल जस्ता शरणार्थी बालबालिकासम्म ती संस्थाहरु अझै पुगेनन् ।
शरणार्थी बाल मञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिना “शरोकारवालहरुले नै चासो नराखेकाले र पुनस्थापन गर्ने स्थान नभएका कारणले धेरैजसो शरणार्थीहरुमा यो समस्या रहेको” बताउँछन् शरणार्थी सरोकारवालाले शरणार्थी शिविरलाई लक्षित गरेर विभिन्न समाजिक सचेतनामूक अभियान मार्फत शरणार्थीहरुको हक-अधिकारलाई संरक्षित र सुरक्षित गर्दै आएको छ र नेपाल सरकारको सहयोगमा बाल बचाउ अभियान शिविरहरुमा शुरु गरेको यू.एन.एच.सि.आर ले बताएको छ । अभिभावक विहिन बालबालिकाको लागि पुनस्थापना प्रकृया शरणार्थी सरोकारवालहरुले शरणार्थी शिविरमै बाल संरक्षण कक्षाको पहलकदमी सुरु गरेको बेलडाँगी-१ का क्याम्प सचिव टि.बि.गुरुङले बताउनु भयो । अब विशालको परिवारले मात्र संरक्षण पाउने होइन अन्य शरणार्थी बालबालिका र शरणार्थीले पनि हक-अधिकारको सुनिश्चित गर्न पाउने छन् भन्छिन् भुटानी शरणार्थी महिला मञ्चकी कार्यक्रम संयोजक इन्द्रवती राई ।
अर्जुन

No comments:

Post a Comment