Monday, September 19, 2011

पुनर्बासमा पेन्जोर पनि.....


डुक नेश्नल काँग्रेस डेमोक्रेटिकाका अध्यक्ष थिन्ले पेन्जोर श्रीमती डिकी योन्जनसहित केही दिन अघि झापाको भद्रपुर विमानस्थलबाट तेस्रो मुलुक पुनर्वासका लागि अमेरिकातर्फ लाग्नु भएको छ ।
पेन्जोर
झापाको बिर्तामोडबाट भुटानी आन्दोलन र मानब अधिकारका पक्षमा वाकलत गर्दै आएका पेन्जोरलाई अन्तराष्ट्रिय आप्रबासी संस्था आइ. ओ. एमले काडमाण्डौस्थित ट्रान्जिट क्याम्पमा राखेको छ भने उनको अमेरिका यात्राबारे जानकारी गोप्य राखिएको छ ।
करिव एक महिनाअघि मात्र सोही पार्टी डुक नेश्नल काँग्रेस डेमोक्रेटिकका प्रवक्ता नारद अधिकार अमेरिकाको न्यू हाँम्सायरमा सपरिवार पुर्नवाश भइसकेका छन् ।
ट्रान्जिट क्याम्पमा रहेका पेन्जोरसंग भुटान समाचार सेवाले सम्पर्क गर्न सकेन ।
पेन्जोर भुटानमा प्रजातन्त्र र मानब अधिकार वहालीको लागि संघर्ष गर्न भनी बनेको एक तीन दलिय गठबन्धनका नेता पनि हुन् । भुटान पिपुल्स पार्टी, भुटान गोर्खा राष्टिय मुक्ति मोर्चा र डुक नेशनल कँग्रेस डेमोक्रेटिकको संयुक्त मोर्चा नेशनल फन्ट फर डेमोक्रेसी एनएफडीले केही वर्षअघि शरणार्थी स्वदेश फिर्तीको लागि लङ मार्च अभियान समेत चलाएको थियो ।

No comments:

Post a Comment