Sunday, August 29, 2010

गजल

arjun-pradhan

माटो सँग मिल्ने शक्ति देउ मरे पछि
हारमा जित हुन सिके आफु परे पछि

सबले भन्थे फूलवारीमा फूल सुवासको
छानी छानी, तानी तानी लानुपर्छ रङ्ग भरे पछि


मनले मनसँग बातचित गरायो मेची सम्म
उनले भनिन् हामी एक भयौ सुनकोश तरेपछि

दुख, सुखको जिन्दगी रहेछ दुइ किनारा
उनले हात हल्लाई रहिन् म ओराली झरेपछि


२.
वर्षेनि परेलीमा चुम्न मन लाग्छ
आँसु बगाई पिडाहरु धुन मन लाग्छ

मौसम जति बद्लिए पनि ब्यथा बद्लिएन
उही कथा सम्झी मलाई रुन मन लाग्छ

बिर्सुँ भन्छु पुरानो चोट झन बल्झिदिन्छ
किन होला पागल जस्तो हुन मन लाग्छ

एक्लै बसी सुन्यतमा त्यसै हराउदै
च्यातिएको आफ्नै तस्बिर छुन मन लाग्छ

३.
नङ्ग र मासुको सम्बन्ध खास एकै हो
र पछि अनि हुदै फेरिने दोरो सास एकै हो

मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय
अचम छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै हो

हुदाँ हुदाँ दिनपछि महिना..अनि बर्ष हुन्छ
उनले टेक्ने धर्ती र मैले हेर्ने अकाश एकै हो

अन्तमा, जीवन जिउनका लागि रङ्गिन संसार पाएँ
त्यसमा शरीर नरहे, आत्म रहन्छ अखिर लास एकै हो

4.
भए तिमी कोमल कुनै प्यार चाहिदैन
बस्न यो मनमा, कुनै आधार चाहिदैन

दाँया–बाँया अघि–पछि सधै तिमी हुनु
भए तिमी एक कुनै हजार चाहिदैन

मैले मागें देउतासँग वर हुनु तिमी
पानीसरी बग्न कुनै किनार चहिदैन

तिमीमात्र हुनु सँगै मेरो दुनियाँमा
मेरो चाह पुरा गर्न संसार चाहिदैन

(Source www.Bhutaneseliterature.com, www.nepaligazal.wordpress.com, www.titopiromitho.com)

No comments:

Post a Comment