Tuesday, March 30, 2010

वादलसहित तीन जना पक्राउ

रिले मार्च सुरु गर्ने तीन जना स्वदेश फिर्ती अभियानमा लागेका भुटानी शरणार्थीहरुलाई सोमवार मोरङको शनिश्चरे शिबिरवाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिविरवाट रिले मास टु भुटान अभियानमा निस्कने क्रममा सो अभियानका संयोजक वादल थापा, धन वहादुर रुम्दाली र तारा थापालाई त्यहाँ शिविर सुरक्षार्थ स्थापना गरिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रण लिएका शरणार्थी सवै शनिश्चरे शिविरका रहेको स्रोतले जनाएको छ । उनीहरुलाई मार्च रिलेमा निस्कनु अगाडी विहान आठ तीस वजे नियन्त्रणमा लिएको थियो ।

Sunday, March 28, 2010

स्वादेश फिर्तीको पक्षमा वकालत

भूटानमा हुन गइरहेको १६औ सार्क सम्मेलनमा शरणार्थी समस्यालाई समाधान गर्नु पर्ने, भूटानी शरणार्थीलाई तेस्रो देश नभएर स्वादेश फिर्तीको पक्षमा वकालत गर्नु पर्ने भन्दै खुदुनाबारी शिविरबाट सोमबारदेखि रिले मार्च गर्ने भन्दै आज स्वदेश फिर्ति पक्षधर तथा कार्यक्रमका संयोजक बादल थापाले एक प्रेश विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिमा सात शिविरका भूटानी शरणार्थी क्याम्प ब्यवस्थापन समितिले समर्थन जनाएका छन् भने विभिन्न समय नेपाल, भारत हुँदै भूटानको सीमानासम्म रिले मार्च गर्ने जानकारी दिएका छन् । रिले मार्चसँगसँगै अन्तरराष्ट्य संघ संस्थालाई स्वदेश फिर्तीको कदममा सहयोग गरिपाउँ भन्ने निवेदन समेत चडाउने रिले मार्चको कार्य तालिकामा उन्लेख गरिएको छ ।
उक्त प्रेश विज्ञाप्ति जस्ताको तस्तै -

सेरोफेरो

                                             दुइ शरणार्थी विद्यार्थी पक्राउ

अर्काको नामबाट एस एल सी परीक्षा दिइरहेका दुइ शरणार्थी विद्यार्थी पक्राउ परेका छन् । बेलडाँगी ३ शरणार्थी शिविरको त्रिरत्न मा.वि. परीक्षा केन्द्रबाट सागर सुजीको नामबाट परीक्षा दिइरहेका प्रल्हाद सुव्वा र तिलक सुव्वाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे आज पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिनेसहित चारै जना विद्यार्थी बेलडाँगी ३ शरणार्थी शिविरका हुन् । यसैविच हिजो शुरु भएको एस एल सी परीक्षामा झापा र मोरङमा रहेका सातै शिविरका गरि १३३० विद्यार्थी सहभागी भएका छन् । एस एल सी परीक्षा दिन फर्म भरेका मध्ये १४ जना पुनर्वासमा तेश्रो मुलुक गएका कारितासले जनाएको छ ।
सन १९९२ देखि शरणार्थी शिविरमा एस एल सी शुरु भएको हो । अहिले सम्म एस एल सी दिएका २१ हजार चार जना भुटानी शरणार्थी विद्यार्थीमध्ये १२ हजार सातसय ४० जनाले पास गरिसकेका छन् ।

Friday, March 26, 2010

शिविरमा एस एल सी

तेस्रो मुलुक पुनर्वासको काम धमाधम भइरहेको अवस्थामा झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरमा पनि विहिवारदेखि शुरु भएको एसएलसीमा १३ हजारभन्दा वढि शरणार्थी सहभागी भएका छन् ।
झापाको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा मोरङको शनिश्चरे शिविरका परीक्षार्थीलाई समेत सहभागी गराइएको थियो ।