भुटानमा राजतन्त्र स्थापना भएको खुशीयालीमा विहिवार राष्ट्रिय दिवस मनाइरहेको वेला त्यही राजसत्ताले लखेटेका शरणार्थीले भने राष्ट्रिय पहिचान र अस्तित्व वचाउन सो दिवस मनाए ।
राष्ट्रको संरक्षण र जनताको सुशासनको जिम्मा लिएको राज्य नै वैरी वनेपछि १८ वर्षअगाडि घरवार छोडेर शरणार्थी जीवन विताइरहेका भुटनी जनतामा भुटान प्रतिको माया अलिकत्ति पनि विचलित भएको छैन । त्यही भुटानी शासकले लखेटेको पिडामा त्यहाँको राष्ट्रिय पोशाक गो (पुरुषले लगाउने पोशाक) र किरा (महिलाले लगाउने राष्ट्रिय पोशाक) लगाएर आफ्नो देशको सम्झना गरेका छन् शरणार्थीले । वर्षौसम्म