सिक्किम
सिक्किम पनि हिमाली राज्यको हो । यस राज्यमा लेप्चा, भोटिया, नेपाली, हिन्दू, नेवारीलगायत अन्य जातजातिका संस्कृति र भाषा बोल्ने मानिस बस्छन् । सिक्किमको पश्चिममा नेपाल, पूर्व र उत्तरमा तिब्बत स्वायत्त क्षेत्र, दक्षिण-पूर्वमा भूटान रहेको छ । यसको सत्यतत्थ्य इतिहास भने अनौठो र फरक खाल्को छ । त्यसमध्येः १७ औं शताब्दीअघि धर्मगुरु साब्ड्रुङ नावाङ नाम्गेलले भूटानलाई बौद्ध धर्मक्षेत्र घोषणा गरी विभिन्न भूभागहरुलाई एकीकरण गर्दै जाँदा सिक्किमलाई पनि उत्पत्ति गरी आफैं अनुयायीहरुलाई दर्शन दिएको भन्ने किंवदन्तीहरु छन् ।
भूटानभित्र बौद्ध धर्ममाथि राजनीतिकीकरण हुन थालेपछि गुरु पद्मसम्भव (गुरु रिम्पोचे)-ले सिक्किमलाई पनि बौद्धधर्म क्षेत्रको रूपमा शासन गर्न जुटेपछि सिमाना क्षेत्रको विषयमा ठूलो युद्ध लड्नु परेको थियो । भूटानले सिक्किमलाई आफ्नो राज्य भनिरहेको बेला, १९५० अघि नेपाल र बिट्रिश राज्यबीच भएको युद्धले भयभित भई बसेको सिक्किमको मुक्ति अभियानमा महात्मा गान्धी, जवाहरलाल नेहरुहरूले साथ दिएपछिमात्र स्वत्रन्त्र राज्यको रुपमा विकसित भएको हो सिक्किम ।
धेरै वर्षसम्म कैयौं युद्धका वाब्जुद पनि ब्रिटिससँग गोर्खाली योद्धाहरुको सुगौली सन्धि हस्ताक्षर प्रकरण १९५०मा सिक्किम र भारतबीच भएका संझौताहरुले आजपर्यन्त द्वन्द जारी छ भन्नमा अतिशयोक्ति नहोला । ब्रिटिशको उपनिवेशवादी नीतिसँग नेपालले वर्षौं लड्नु पर्यो भने, सिक्किमले कति बर्ष भारतसित लड्पर्ने हो भविष्यले बताउला । जबरजस्त आज सिक्किम भारतमा विलय भएर भारतीय विस्तारवादको पञ्जामा परी, करकापको भरमा सञ्चालन भइरहेको छ । भारतसँग विभिन्न सन्धि हस्ताक्षर भएपछि १९७५ मा भारतले असंवैधानिक तरिकाले सिक्किमको अस्मितामा धावा बोलेर नाम्ग्याल राजसंस्थालाई घुँडा टेकाइ २२ औं प्रदेश बनाई भारतीय गणराज्यमा गाभेको छ । भारतले विस्तारवादको नीति फैलाएपछि सिक्किमका र्गोखाली जातीलाई आफ्नो अस्तित्वमा नरहेको भान भयो र नेपालीभाषी गोर्खलीका संसदीय प्रतिनिधिले धेरैपटक आवाज बुलन्द गरी सिक्किममा आन्दोलन गर्ने प्रयत्न पनि गरे । कवि दाहालको महाकाव्य यी साराको कुराको खुलासा गर्न अघि सरेको छ ।
स्वेतपत्रको मूल भावअनुसार नरबहादुर भण्डारीदेखि पवनकुमार चाम्लिङसम्मका मन्त्रीहरु आजसम्म र्गोखालीहरुको स्वभिमान र वीरतालाई उच्च राख्न संघर्षरत छन् । त्यस्तै, दार्जीलिङका गोर्खाली नेता सुवाष घिसिङले नेपालका राजासमक्ष सिक्किमका गोर्खलीहरु नेपालका हुन् भनी निवेदन गरेका थिए । भारतले विभिन्नपटक सिक्किममा बुट बजारेपछि सिक्किम आज पीडादायी रूपमा भारतको स्वतन्त्रतादिवस मनाउन विवश छ । सिक्किम, नेपाल, भूटानले असमान सन्धिका कारण आफ्नो स्वाभिमानमाथि पटक पटक विस्तारवादसँग सम्झौतारूपी नाटक मञ्चनलाई विवश भएर अंगिराप गर्दै देशलाई आगोको मुश्लोमा होमेर जनतालाई ताप्न बाध्य गराएको वेदना हरेकले व्यहोर्नु परे तापनि सिक्किम आमाका कथनका रुपमा स्वेतपत्र महाकाव्यमा कवि दाहाल लेख्नुहुन्छः-