Wednesday, June 23, 2010

गोलधाप शिविर जोखिममा

दुइतिरवाट खोला पसेपछि गोलधाप भुटानी शरणार्थी शिविरमा हाहाकार मच्चिएको छ । दायाँ रहेको देउनिया खोलो र बायाँ रहेको वैतर्णी खोलोको बाढी शिविरभित्र पसेपछि अहिलेसम्म करिव ६५ प्रतिशत छाप्राभित्र पानी पसेको छ ।


बाढिको पानीले शरणार्थीका चामल, व्रिकेट, लुगाकपडा, महत्वपूर्ण कागजपत्र आदि जस्ता अत्यावश्यकीय वस्तु भिजाएर पनि शरणार्थीहरुमा थप संकट थपिएको छ ।

Sunday, June 20, 2010

उनीहरूले मेरो घर खोसेपनि मेरो भविष्य खोस्न सक्दैनन् ।

विद्यापति मिश्र
आज विश्व शरणार्थी दिवस २०१० । हरेक वर्ष जुन २० लाई संसारभरका शरणार्थीहरुलाई सम्झेर विश्व शरणार्थी दिवस मनाउने गरिन्छ । राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरी १ करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा २ करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको रुपमा आफ्नो देशभित्रै शिविर र आवश्यक पूर्वाधार नभएका क्षेत्रहरुमा दयनीय जीवन निर्वाह गर्न बाध्य छन् ।

किन मनाउने शरणार्थी दिवस

बलराम पौडेल

संयुक्त राष्ट्र संघले एक दशक अघिबाट २० जुनका दिन विश्व शरणार्थी दिवस मनाउन सुरु गरेको छ। दुई दशकअधि आफ्नो भूमिबाट बलपूर्वक लखेटिएका भुटानीहरूले पनि आरम्भ्देखि नै यस दिवसलाई मनाउँदै आएका छन्। शरणार्थीहरूले नाँचेर, गाएर, कविता, गजल वाचन गरेर, खेलेर, उफ्रिएर जसरी भए पनि यो दिवस मनाउँदै आएका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चआयोगले दिने केही रकमले वाध्य तुल्याउँछ, यो दिवस नमनाउन - ‘शरणार्थी भएपछि मनाउनै पर्छ रे’। यो दिवस नमनाउने शरणार्थी, शरणार्थी हुनै सक्दैन रे! खुसी देखाउन वर्षमा एकदिन भए पनि रुन्चे हाँसोसहित मनाउनै पर्छ।

२० जुन अर्थात् ‘विश्व शरणार्थी दिवस’ हो। विश्वमा अलपत्र परेका चार करोडभन्दा बढी मानिसको दिवस। आश्रयविहीन तुल्याइएकाहरू लागि एक दशक अघिदेखि मनाउन थालिएको दिवस। जन्मभूमि छाडेर भाग्न वाध्य हुनेहरूको दिवस। बिर्सिइएकाहरूका लागि वर्षमा एक पटक सम्झना गरिने दिवस। मुलुकबाट बलजफ्ती गलहत्याइएका मानिसहरूको दिवस। राष्ट्र गुमेकाहरूको दिवस। अधिकार खोसिएकाहरूको दिवस। परिवारबाट विछोडिएकाको दिवस। चलअचल सम्पत्ती लुटिएकाको दिवस। आफ्नो मातृभूमिबाट रुँदै अर्काको देशमा शरण माग्न पुग्नेहरूको दिवस। अनिश्चित भविष्य लिएर जिउनेहरूको दिवस। योग्यता र दक्षताहुँदा पनि मान्यता नपाउनेहरूको दिवस। गन्तव्य हराएका मानिसको दिवस। जाति, भाषा, संस्कृतिसहित समाजभित्र हुर्किए पनि अस्तित्वविहीन तुल्याइएकाहरूको दिवस। सक्षम हुँदाहुँदै पनि अशक्तहरूलेजस्तो सहयोगको प्रतीक्षामा जिउन वाध्य हुनेहरूको दिवस। राष्ट्र, गाउँ, घर, अस्तित्व केही नभएकाको दिवस।

विश्व शरणार्थी दिवसको अवसरमा

अन्तराष्ट्रिय स्रष्टा माच र गन्तव्य थिएटर दमकको सँयुक्त आयोजना तथा भूटान समाचार सेवाको प्रायोजन तथा विश्व शरणार्थी दिवसको अवसरमा आज दमकमा नेपाल भूटान मैत्रीपूर्ण चित्रकला प्रतियोगिता रङ्गमा बिस्थापन बिम्ब आयोजना गरियो ।