Sunday, July 8, 2012

भुटानी स्रष्टहरुको सम्मान अमेरिकामा


 
भुटानीस कमिनीटी अफ मिनीसोटाको आयोजनामा आषाढ २३,शनिबार मिनीसोटा राज्यमामा अमेरिकाको विभिन्न राज्यमा पुर्नवाश भएका भुटानी स्रष्टहरुलाइ नेपाली कागजमा स्वणिम अक्षरमा लेखि डा.छवि शर्माको प्रमुख आतिथ्यमा सम्मान गरिएको छ । समानित भुटानी कलाकारहरुको योगदानलाइ प्रकाश पार्दै “अब हामी आफ्नो कला, साहित्य, सँस्कुतिलाइ हरेक भुगोलमा प्रस्तुत गर्न सक्छौ । तसर्थ अग्रज भुटानी गायक तथा संगीतकार सर्बश्री प्रताब सुब्बा र मधुकर लोहोनीले देखाउनु भएको सुमार्गमा हामी हिड्ने छौ र भुटानी समुदय मिनीसोटाले भब्य स्रष्ट सम्मान कार्यक्र आयोजन गरेर कलकारहरुलाइ संगीतमा लागिरहने ठुलो प्रेरण मिलेको साथै भुटानी संगीत जगतमा इतिहास कायम गरेको राम गुरुङ्ग भन्नुहुन्छ ।

सम्मानीत कलाकारहरु राम गुरुङ्ग (एटलान्ट र्जजिया),मनोज राइ(florida), महेश थुलुङ्(Georgia),डम्बर खापुङ्ग (N.Dakota),कान्छी माया सुब्बा (Virginia), छवि न्यौपाने (S.Dakota) बलराम गुरुङ्ग(Pennsylvania), अशोक गुरुङ्ग(Pennsylvaina), अर्जुन रसाइली (Ohio), नन्दी किशोर शिवाकोटी (S.Dakota), अम्बर सुब्बा(Ohio) , धन बराइली (Texas) , हरि पौडेल (Michigan), अडी गुरुुङ्ग (s.Dakota) तथा गितकार सन्चमान राइ (Pennsylvania), लगायतका कलाकारहरुलाइ प्रमुख अतिथि डा.शर्मा, श्रीमती मगला शर्मा, नेपाली मुलका डा.पदम रिजालका साथै संस्थाका पदधिकारीहरु बाट नेपाली टोपी, खाँदा र सम्मान पत्र, प्रदान गरि सम्मान गरिएका थिएँ । 
सम्मानीत कलाकारहरुको तर्फबाट मिनीसोटावासीलाइ धन्यवाद दिदै, “कला, साहित्यको संरक्षण,र सम्बर्धनमा एक जुट भइ अघि बड्नु आजको आवश्यक्त छ भन्दै गायक अशोक गुरुङ्गले सम्क्षिप्त मन्तब्य राख्नुभएको थियो ।

Sunday, June 3, 2012

Geet/गीत


अर्जुन प्रधान
अमेरिका
मेरो जीवनबाट कुनै आश नगर
आधा आधा भइ मरिसकेको लास हुँ
मेरो जीवनबाट……..
कुनै मोड थियो यस्तो
जहाँ फुलिदिने कोमल पास थिए
मेरो जीवनबाट…….
हरेक पल सम्झनामा छटपटाउने
त्यो ऐनभित्रको नौलो खाश हुँ
मेरो जीवनबाट……..
एक एक तिम्रो साथले
मोहनी लगाइ नाश गरायो
मेरो जीवनबाट……….
जुनिभरको यात्री रथी टाडिएपछि
एकान्तको आँशु समुन्द्रको राश भो
मेरो जीवनबाट……….
तिम्ले समालेको दिलको तस्वीर आज
कुनैपल साधा भए जस्तो माटिको बास छ
मेरो जीवनबाट……..

Ready for OBCA Convention


Sunday, May 13, 2012

परिकल्पना गरौं


अर्जुन प्रधान 
मिनिसोटा अमेरिका
परिकल्पना गरौं
यो भुगोलको सृष्टि थिएन
न त कुनै स्वर्ग स्थान
न कुनै नर्कको संसार
ध्रुवसत्य मात्र थियो
हामी माथि निलो गगन
त्यसैले विश्व मानवहरु हामी
आजकालागि जिउने प्रयास गरौं
परिकल्पना गरौं
भुगोलभित्र भुगोलहिन सिमाना
असम्भव पनि छैन, सम्भावना पनि रहेन
त्यसैले न कुनै देश छ
न त कुनै धर्म नै
न त कुनै ग्रन्थ नै
स्वतन्त्रता, सदभावनाको परिकल्पना गरौं
हामी जिउनु पर्छ शान्तिकालागि

Friday, May 11, 2012

Open letter to Nepalese Prime Minister


To,
Dr. Baburam Bhattarai,
Prime Minister of Nepal,
Singha Durwar,
Kathmandu, Nepal
Subject: Investigate the torture of Jit Bahadur Subba and bring the perpetrators under justice
Your Excellency,
Jit Bahadur Subba, 29 years, is a Bhutanese refugee. At the age of 9, when his parents had to flee the ethnic cleansing policy of Bhutan government, along with his parents he came to Nepal and got registered in the UNHCR managed Bhutanese refugee camps in Beldangi II, Jhapa Nepal.
Since 2009, the international community (USA, Canada, Australia, New Zealand, UK, the Netherlands, Denmark and Norway) started resettling Bhutanese refugees because repatriation of these refugees back home proved impossible. In this resettlement scheme, the United States of America accepted Subba. On his way to his new home country (the USA), on 27th April 2012 at 14.30 Hrs, Subba was arrested with out warrant by Nepal police from the Office of International Organisation of Migration, Balwatar, Kathmandu, Nepal. Subba was henceforth disappeared and his family did not know his whereabouts.

Monday, May 7, 2012

माया गर्न जानिन


अर्जुन प्रधान
मिनिसोटा
सायद आफ्नो भएर होला
नजिक रहँदा पनि चिन्न सकिन
टाँडा हुदाँ झन् भुल्न सकिन
तर पनि तिमीलाइ माया गर्न जानिन
सुंदर शालीन कस्तो मुहार तिम्रो
चन्द्रमालाई हेरी दिलको रहर मेटाउने
लजालु बान्कीमा रशप्यास भरिदिने
जवानीलाई लच्काएर समय ढाली जाने
त्यसैले तिमीलाई माया गर्न जानिन
साथ रहँदा सबै थाँहा नरहने
मनका कुरा सबै पोखीदिने
आधा रात सबै हाम्रो हुदाँ
तिमीलाइ मैले, तिम्ले मलाई
समाल्न, समाल्न नसकिने
समय र जिवनको गति कति बेगिलो
त्यसमा पनि मैले घृणा पोखें होला
सायद, यसपछि माया गर्न……
मैले दिन नजानेको
तिम्ले लिन खोजीरहेको
एउटा भविष्यको गन्तब्यमा
म सोचमग्न भएँ, कहिल्यै भनिन
खुशि भरिएर आएछ, थाहाँ भो तिमी मेरी
समयका हरेक पल महशुस नभएको
माफी गर, तिमीलाई अझ माया गर्न जानिन
सधाकाल मष्तिस्कमा रेखा भइरह्यै
भन किन र कति कारणले ?
सुन्दरताको अघि प्यारो मन मर्दोरहेनछ ।
झन् झन् सुन्दरता जन्मिदोरहेछ…
देऊ, देऊ मलाई एउटा नौलो चुनौति
सधाभर सन्तुष्टि दिई, लिई रहने छु ।
सन्तुष्टि
साना तिना कुराहरुमा, मैले भन्ने अनि गरें
असंख्य समयका पल गिन्तीमा रहेनन् होला
त्यसैले सदाकाल मष्तिस्कमा रेखा भइरह्यै
भइरह्यै जिवन अन्त्य सम्म तिमी
यसैले तिमीलाई माया गर्न जानिन
वियोगान्त रुपान्तरित हुनु पर्ने…….
समय समयको पलसगै
विहानीको किरणले सूर्य अस्ताए झैं
हरेक प्रेममा रेखी भरिएका योगीबाट
शुरुवात जीवन्त सम्योगान्तको लागि
युगपरिवर्तन पछि
कसैले भन्न नपरोस् कि
यस्तो??
तिमीलाई माया गर्न जानिन?।।

Saturday, May 5, 2012

Stop Tourture...???

Dear friends,
Jit Bahadur Subba is getting worst forms of tortture in Nepal. Please read the petition, put your signature and express your solidarity. The appeal shall be submitted to the Prime Minister of Nepal and to the international human rights warch dogs, to exert pressure on Nepal for safety of Subba.
http://www.thepetitionsite.com/190/633/340/stop-torture/

Thursday, May 3, 2012

गीत


अर्जुन प्रधान
मिनिसोटा, अमेरिका
यस्तो हुरी चल्न थाल्यो मनमा
कतै तिमी रह्यौ कि रहेनौ जुनमा
एक कदम म अघि बड्दा
रहन्थ्यौ तिमी मेरो साथ
जुनीजुनी भर यस्तै रहोस् नाता
कतै नटुटोस् त्यो सरगम धुनमा
जीवनको रहस्य आफ्नो पनको
मिलन विछोड हुने एक संयोग हो
टाडिएर टाढा नहौन मेरी प्यारी
कालान्तरसम्म तिम्रै हुन्छु फूलमा
किन यस्तो बड्छ छाल तनमा
पवन सरसर खोलको किनारमा
१ अप्रिल २०१२
http://bhutaneseliterature.com/archives/7731

गीत


अर्जुन प्रधान 
मिनिसोटा, अमेरिका
भुल्ने छैन् म तिम्रो रहरको कथा
पीडाबिच रमेको शहरको ब्यथा |
आँधी-हुरी तुफानबिच पनि चल्ने
कोमल अनि निश्चल नहरको कथा |
हिमाल पहाड तराइ सबतिर पाइने
दिलभित्रको मखमली नजरको कथा |
हाँसी-खुसी सबतिर रमाइलो थियो
निर्जीव पनि सतुर भो जहरको कथा |

Saturday, April 21, 2012

Visit to Refugee Camp

Dear everybody,
We present you some of our activities. We bring you near to children who look at us. Please go through the video (copy and paste the link): 

We look forward for your feedback, advice and support. We are committed to reach your support to deserving people. 
If you wish to join us, visit http://www.punyafoundation.org/support-us/

Kind regards,
Lakshmi Prasad Dhakal
Amsterdam, the Netherlands

Wednesday, April 18, 2012

गजल


मायामा भुल भइ गजल बोल्ए
पिडाहरुको कोशबाट हलचल बोल्ए

तिमी -आऊ)२ रगिन दुनियाँ लिइ आऊ
नजर बन्द दुनियाँमा पलपल बोल्एँ

हात समाइ काटेको याद लिदँ
एक्लै हिजोआज, उनका कुरामा छलफल बोल्ए

रमाइलो त्यो एकान्त प्यारी चौतारी
सुमसुमाइ दिल खुल्ल गरी पुराना तलतल बोल्ए

एउटा प्यारो देउता, आफ्नो मायाबाट टाँडा हुदाँ
बैगुनी बेदनाहरु सम्झदै चल अचल बोल्ए

गजल


समाचार पढेपछि मन त्यसै गजलमय भएर आयो यस्तै यस्तै गरि.....धेरै गल्तीमाझ प्रयास गरेको छु । माफी पाँऊ
अर्जुन प्रधान

हुदाँ हुदौ नार्गजुङ्कमा राता बाँदर अब
कहीले हो पाउँने जनताले सादार अब

शुख शान्ति सबै र्नक जस्तो घनच्क्ररमा
निराङ्ककुशवादीले पिस्य भए निधार अब

गाँउबाट शहर र्छिदाँ देशमा परिवर्तन आयो
 शहरबाट जङ्कल हिड्दाँ के आउछ बाँदर अब

अराजकता भो भनि उनले सिगँदरबार छाडे
विर्ता मिलाइ सविधान आउने के आधार अब

सबलाइ भय देखाइ समंराज्य फैलाउनु रहेछ
किन बाड्दै हिड्छौ अभिब्यक्ति निराधार अब

Tuesday, April 17, 2012

Rock Yatra 2012 in MN


Rock for Nepal highly presents 1974 AD on the Rock Yatra 2012 on North America tour statement flyer release by 1974 AD in MN.
The programme schedule are listed san franciso, ca 04/06/2012, 04/07/12, Washington, DC 04/14/12, Boston,MA, 04/16/2012, Toronto,Canada 04/20/12, New York NY, 04/21/12, Minneapolis,MN 04/28/12, Baltimore MD, 04/29/12 and Dallas, TX 05/04/2012.
Rock for Nepal warmly well come 1974 AD fans all over the world for enjoyable events. 

For the Minneostans fans, karma gurung mail me event address held on OEC auditorium of St Thomas University.

For more details and online ticket please log on this site

Sunday, April 8, 2012

पत्रकार माथी पटक पटक आक्रमणको शृंखला

खबर भित्रको खबर ताजा अपडेट : खोज पत्रकारितासंगै अस्तित्व नै गुमाउन पुगे झापाका पत्रकार यादव पौडेल, आज तिन दिन बिती सकेको छ तर अहिले सम्म हत्या कसले गर्यो, किन गर्यो छानबिन गर्न सकिएको छैन । बिस्तृतमा हेर्नुहोस |


CanadaNepal.Net: khabar bhitra ko khabar - (Murderer of of Journali...

CanadaNepal.Net: Limelight with Rajesh Hamal

CanadaNepal.Net: Limelight with Rajesh Hamal

Friday, April 6, 2012

हाम्रा आवाज


रेखा कविता
हामी सब रङ्क जाति एक हौं
अभिब्यक्त स्वातन्त्रता विचारलाइ 
हातमा हात काँधमा काँध मिलाइ
स्वाभिमानी गाथा माथि एक हौं 

मेरो देश, मेरो समाज प्यारो छ
अन्धकार छालो अब हटाउनु छ
निरन्तर)२ कलमजिवी बाचिरहन्छौ
हामी मरे हाम्रा आवाज केका लागि

 लेखे हजार मानवबस्ती विरुद्ध आउने
 कला ति हिसाँका छाली पाखण्डीहरुमा
 भाँचुन मेरा स्वतन्त्र विचारका कलम
 हजार आउछन् परिवर्तशीलका कलम

Wednesday, April 4, 2012

प्रेस बिज्ञप्ती


प्रेस चौतारी
झापा शाखा
मिति ः २०६८ चैत २२

झापाका युबा पत्रकार, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य ,राजधानी  दैनिक र एभिन्यूज टेलिभिजनका सम्बाददाता यादव पौडेलको मिति २०६८ साल चैत २१ गते राति १ बजेको समयमा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नर अगाडि जंगली बर्बरतापुर्बक अज्ञात समूहले हत्या गरेको घटनाले प्रेस चौतारीलाई स्तब्ध बनाएको छ । हामी यो घटनाको चर्को निन्दा एवम् भत्र्सना गर्दछौँ । मध्य झापाको अत्यन्तै ब्यस्त शहरमा भएको यो घटनाले सिड्गो प्रेस जगत नै आतंकित बनेको छ । पत्रकार पौडेलको हत्याको यो घटनाले नेपाली पत्रकारीता क्षेत्र अझै गम्भीर सकंटको हालतमा रहेको संकेत गर्दछ ।

Press Release


नेपाल पत्रकार महासंघ
झापा शाखा
मिति ः २०६८ चैत २२
प्रेस बिज्ञप्ती
नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य युवा पत्रकार यादव पौडेलको मिति २०६८ साल चैत २१ गते राति १ बजेको समयमा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नर अगाडि अज्ञात समूहले धारिलो हतियारले आक्रमण गरी हत्या गरेको घटनाले नेपाल पत्रकार महासंघसँगै सम्पूर्ण सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई नै स्तब्ध बनाएको छ । मोरडको सिजुवा ९ घर भई ७ बर्षदेखि झापाको बिर्तामोडमा रहेर एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका झापा सम्वाददाता तथा न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक ३८ बषर््ीाय पत्रकार पौडेलको हत्या गम्भीर षड्यन्त्र र सुनियोजित ढंगले भएको हाम्रो ठहर छ ।
http://canadanepal.net/news/?p=11193

Saturday, December 24, 2011

'अब भुटानको पोजिसन परिवर्तन होला’

http://www.ekantipur.com
जेनेभास्थित राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको नेपाल सम्पर्क कार्यालयका प्रमुख स्टेफन ज्याकमेले नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानमा अपनाइएको उपाय, तिब्बती र सहरी शरणार्थी चासो तथा राज्यविहीन नागरिकका पक्षमा कान्तिपुरसँग राखेको धारणा:
शरणार्थीहरूको मिश्रति विवाहले उठाएको समस्या
शरणार्थीसँग भएको मिश्रति विवाहका कारण एक प्रकारको समस्या उब्जिएको छ । कुनै एउटा नेपाली युवकले भुटानी युवती बिहा गरेमा त्यसलाई शरणार्थी हैसियत दिन सक्ने कुरै भएन । उनीहरुको बच्चा पनि स्वभावतः नेपाली हुन्छ । यो एउटा नेपाली नागरिकलाई शरणार्थी मान्यता दिएजस्तो हो । फेरि शरणार्थी आयोग वा नेपाल सरकारले कुनै अवस्थामा पनि एउटा नेपाली व्यक्तिलाई 'शरणार्थी हैसियत' दिन सक्ने कुरै भएन । अन्तर्राष्ट्रिय सीमा छिचोलेर आएको, मानवअधिकार हननको स्थितिमा रहेको व्यक्तिलाई मात्रै शरणार्थी  भन्न सकिनेछ ।